Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

कस्तो छ तपाईंको मुड ? त्यही आधारमा खोज्न सकिने छ नेटफ्लिक्समा शो!

टेकमाकुरा by टेकमाकुरा
मे 27, 2025
0
कस्तो छ तपाईंको मुड ? त्यही आधारमा खोज्न सकिने छ नेटफ्लिक्समा शो!
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । अब नेटफ्लिक्समा शो खोज्न तपाईंले ‘action’, ‘romantic’ वा ‘thriller’ जस्ता शब्द टाइप गर्नु पर्ने दिन छिट्टै समाप्त हुँदै छ । ओपन एआइ र भिडिओ स्टृमिङ साइट नेटफ्लिक्स बिच सुरु भएको नयाँ सहकार्यले अब तपाईंको मुडअनुसार शो सजेस्ट गर्ने भएसँगै अब टाइप गरेर शो खोज्न पर्ने झन्झट अब हट्ने सम्भावना देखिएको हो ।

नेटफ्लिक्सले ओपेन एआइ सँग सहकार्य गर्दै जेनरेटिभ एआई मा आधारित नयाँ मूड सर्च सिस्टम परीक्षणमा ल्याएको छ। हाल अष्ट्रेलिया र न्यूजिल्याण्ड मा सीमित प्रयोगकर्ताहरूलाई दिइएको यो सुविधा मार्फत, प्रयोगकर्ताले अब आफ्नो भावना झल्काउने वाक्यहरू लेखेर शो खोज्न सक्छन् — जस्तै “म केही प्रेरणादायक हेर्न चाहन्छु” वा “आज म थकित छु, हल्का फुल्का कन्टेन्ट खोज्दै छु।”

अन्तर्राष्ट्रिय संचार माध्यम The Verge का अनुसार, यो प्रणालीले प्रयोगकर्ताको भावना, वाक्यको सन्दर्भ र सन्देश बुझेर, त्यसअनुसारको कन्टेन्ट सिफारिस गर्छ। नेटफ्लिक्सले यसलाई “natural language-based search” नाम दिएको छ । जसअनुसार अबको खोज प्रणाली किवर्डमा नभई भावनामा केन्द्रित हुनेछ।

हाल यो फिचर अंग्रेजी भाषामा मात्र परीक्षण भइरहेको छ तर नेटफ्लिक्सले अन्य देश र भाषामा विस्तार गर्ने संकेत दिएको रिपोर्टमा उल्लेख छ। यो फिचर सफल भएमा ‘के हेर्ने होला ?’ भन्ने झन्झटपूर्ण समय अब एआईले सुल्झाइदिनेछ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura