Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

दिनभर- रातभर फोन चार्जमा राख्यो, एक्कैछिनमै ब्याट्री डाउन, समस्या फोनमा कि हाम्रो बानीमा ?

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 12, 2025
0
दिनभर- रातभर फोन चार्जमा राख्यो, एक्कैछिनमै ब्याट्री डाउन, समस्या फोनमा कि हाम्रो बानीमा ?
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं ।तपाईंको मोबाइल दिनभरि/रातभरी चार्जमा राख्दा पनि बेलुकासम्म ‘लो ब्याट्री’ देखाउँछ? यस्तो देख्दा , फोनले “माफ गर्नुहोस् मालिक, म सकिएँ!” भनेर गुहारिरहेको जस्तो नै पो अनुभव हुन्छ कि ? तर के साँच्चै फोनको मिती पुगेर यस्तो भएको होला कि ब्याट्री लाईफ कायम राख्ने हाम्रो ढंग नपुगेर यस्तो भएको होला त ?

विचार गर्नुहोला, गलत चार्जिङ बानीहरूका कारण तपाईको फोनको आयु नै घट्न सक्छ । यस कारण यो लेखमा हामी तपाईको मोबाइलको ब्याट्री बचाउने केहि उपायोगी तरिकाबारे बताउन गइरहेका छौँ ।

ब्याट्री छिटो सकिने केहि प्रमुख कारणहरू:

  • १. स्क्रिन ब्राइटनेस ‘घाम जस्तै’चम्किलो राख्ने बानी
  • उज्यालो यति धेरै कि फोन हेर्नुको सट्टा चस्मा खोज्नुपर्ने अवस्था!यसले ब्याट्री को खपत बढी गराउँछ ।
  • २. ब्लुटुथ, वाइफाइ र GPS कहिल्यै अफ नगर्ने
  • तपाईं भान्सामा हुनुहुन्छ, तर फोन चाहिँ वाइफाइ सिग्नल खोज्दै शहरी सफर गरिरहेको हुन्छ। यी फीचरहरू अन छ भने ब्याट्रीलाई त फिटनेस ट्रेनिङ जस्तै हो।
  • ३. ब्याकग्राउन्डमा थुप्रै एपहरू चलिरहने
  • फेसबुक, टिकटक, इन्स्टाग्राम खोलेपछि बन्द नगर्ने बानी । ती सबै ब्याट्रीका लागि हानिकारक हुन्छन्। चलिरहन्छन्, ब्याट्री चुसिरहन्छन्।
  • ४. नटिफिकेशनको ओइरो
  • “Flash Sale!”, “Your Crush just posted a Story!”, “Breaking News!” — स्क्रिन पलपलमा अन, ब्याट्री पलपलमा डाउन।
  • ५. फोन चार्जमा राखेर PUBG खेल्ने चलन
  • चार्ज गर्दै फोन चलाउनु भनेको बाइकमा पेट्रोल हाल्दै रेस ट्र्याकमा दौडाउनुजस्तै हो।
  • ६. रातभर फोन चार्जमा राख्ने बानी
  • फोनलाई घाँटीमा झुण्ड्याएजस्तो रातभर चार्जमा राख्नुले ब्याट्रीको उमेर घटाउँछ। भोक लागेको छ भनेर हामी रातभर खाना खादै बस्देनौ नि है ? अनि मोबाइल बाबुरोलाई चाहिँ किन यो अत्याचार ?
  • मोबाइल ब्याट्री लाइफ बढाउने सरल उपायहरू
  • स्क्रिनको ब्राइटनेसलाई ‘Auto’ मा राख्नुहोस्, आँखा पनि बच्छ, ब्याट्री पनि।
  • GPS, Wi-Fi, Bluetooth अनावश्यक भएमा तुरुन्तै अफ गर्नुहोस्।
  • Battery Saver मोड प्रयोग गर्नुहोस् – Android र iPhone दुबैमा सजिलै पाइन्छ।
  • Setting → Battery मा गएर कुन एप कति ब्याट्री खपत गर्दैछ हेरेर अनावश्यक ब्याकग्राउन्ड एपहरू बन्द गर्नुहोस्।
  • चार्ज गर्दै फोन चलाउनु हुँदैन – चार्जको समय उसलाई ‘आराम’ दिने समय हो।
  • राति सुत्नु अघि चार्जरबाट फोन निकाल्न नबिर्सनुहोस्।
  • सस्तो गुणस्तरहिन चार्जर नचलाउनुहोस् – सस्तोले तपाईको महँगो फोन बिगार्न सक्छ।
  • निष्कर्ष
  • यसर्थ फोनको ब्याट्री दिनभर टिक्दैन भनेर रिसाउने बानी अब फेरौं। दोष फोनको मात्रै होइन, हाम्रो व्यवहारको पनि हुनसक्छ । । सही बानी अपनाउने हो भने ब्याट्रीको आयु सजिलै बढाउन सकिन्छ।त्यसैले
  • अबदेखि जब फोन ‘Low Battery’ भन्दै कराउँछ, तपाईंले भन्न सक्नु पर्छ – “म त अब सुधारिएको मालिक हुँ!” अनि फोनले पनि मुस्कुराउँदै भन्नेछ –
  • अब म पनि हजुरलाई लामो समय साथ दिन सक्छु!

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Apple AWE event
ग्याजेट्स

“Apple Awe Dropping” इभेन्टमा iPhone 17 बाहेक अरु के – के हुँदै छ सार्वजनिक ?

अगस्ट 31, 2025
Phone has ear
ग्याजेट्स

भित्ताको थाहा भएन , मोबाइलको चाही कान हुन्छ !

अगस्ट 29, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura