Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

विज्ञापनको बजारमा गुगलले खडा गरेको एकाधिकारको बोट, अदालतले दियो यस्तो चोट !

Deepak Poudel by Deepak Poudel
अप्रिल 20, 2025
0
विज्ञापनको बजारमा  गुगलले खडा गरेको एकाधिकारको  बोट, अदालतले दियो यस्तो चोट !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । अमेरिकाको एक संघीय अदालतले गुगललाई डिजिटल विज्ञापन प्रविधिमा अवैध एकाधिकार कायम गरेको ठहर गरेको छ । अमेरिकाको पूर्वी भर्जिनियाको स्थित एलेक्जेन्ड्रिया जिल्ला अदालतले गुगललाई दोषी ठहर गरेको हो ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार २०२५ अप्रिल १७ मा न्यायाधीश लियोनी ब्रिंकमाले गुगलले प्रकाशक विज्ञापन सर्भर (DFP) र विज्ञापन एक्सचेन्ज (AdX) बजारमा आफ्नो प्रभुत्व कायम गर्न अनुचित अभ्यासहरू अपनाएको ठहर गरेकी हुन् ।

अदालतले गुगलले यी दुई सेवाहरूलाई एक आपसमा बाध्यात्मक रूपमा बाँधेर प्रतिस्पर्धालाई रोक्ने कार्य गरेको बताएको छ। यसले प्रकाशकहरूलाई सीमित विकल्पहरूमा बाँधेर उनीहरूको स्वतन्त्रता र बजार प्रतिस्पर्धामा बाधा पुर्‍याएको जनाइएको छ ।

अदालतको यो निर्णयपछि अब गुगलले आफ्नो विज्ञापन प्रविधि व्यवसायको केही भागहरू बिक्री गर्न बाध्य हुनसक्छ । जसमा प्रकाशक विज्ञापन सर्भर र विज्ञापन एक्सचेन्ज समावेश छन्। यसले डिजिटल विज्ञापन बजारमा प्रतिस्पर्धा पुनःस्थापित गर्न मद्दत पुर्‍याउने अदालतको अपेक्षा रहेको छ ।
यता गुगलले भने अदालतको यो निर्णयका केहि भागहरुमा असहमती जनाउँदै उच्च अदालतमा अपिल गर्ने जनाएको छ । कम्पनीका अनुसार, “प्रकाशकहरू गुगलका उपकरणहरू सरल, किफायती र प्रभावकारी भएकाले छनौट गर्छन्, र यसले प्रतिस्पर्धालाई प्रोत्साहन दिन्छ।”अदालतको यो निर्णयलाई प्रविधि क्षेत्रमा प्रतिस्पर्धा सुनिश्चित गर्न अमेरिकी न्याय विभाग (डोज्) द्वारा चलाइएको कानुनी कारबाहीमा महत्वपूर्ण सफलताको रुपमा समेत व्याख्या गरिएको छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura