काठमाडौँ ।
अब नेटफ्लिक्समा शो खोज्न तपाईंले ‘action’, ‘romantic’ वा ‘thriller’ जस्ता शब्द टाइप गर्नु पर्ने दिन छिट्टै समाप्त हुँदै छ । ओपन एआइ र भिडिओ स्टृमिङ साइट नेटफ्लिक्स बिच सुरु भएको नयाँ सहकार्यले अब तपाईंको मुडअनुसार शो सजेस्ट गर्ने भएसँगै अब टाइप गरेर शो खोज्न पर्ने झन्झट अब हट्ने सम्भावना देखिएको हो ।
नेटफ्लिक्सले ओपेन एआइ सँग सहकार्य गर्दै जेनरेटिभ एआई मा आधारित नयाँ मूड सर्च सिस्टम परीक्षणमा ल्याएको छ। हाल अष्ट्रेलिया र न्यूजिल्याण्ड मा सीमित प्रयोगकर्ताहरूलाई दिइएको यो सुविधा मार्फत, प्रयोगकर्ताले अब आफ्नो भावना झल्काउने वाक्यहरू लेखेर शो खोज्न सक्छन् — जस्तै “म केही प्रेरणादायक हेर्न चाहन्छु” वा “आज म थकित छु, हल्का फुल्का कन्टेन्ट खोज्दै छु।”
अन्तर्राष्ट्रिय संचार माध्यम The Verge का अनुसार, यो प्रणालीले प्रयोगकर्ताको भावना, वाक्यको सन्दर्भ र सन्देश बुझेर, त्यसअनुसारको कन्टेन्ट सिफारिस गर्छ। नेटफ्लिक्सले यसलाई “natural language-based search” नाम दिएको छ । जसअनुसार अबको खोज प्रणाली किवर्डमा नभई भावनामा केन्द्रित हुनेछ।
हाल यो फिचर अंग्रेजी भाषामा मात्र परीक्षण भइरहेको छ तर नेटफ्लिक्सले अन्य देश र भाषामा विस्तार गर्ने संकेत दिएको रिपोर्टमा उल्लेख छ। यो फिचर सफल भएमा ‘के हेर्ने होला ?’ भन्ने झन्झटपूर्ण समय अब एआईले सुल्झाइदिनेछ।
Perplexity AI अब आईफोनमा: Siri को कुर्सी डगमगाउने समय आएको हो ?
काठमाडौँ । आइफोन प्रयोगकर्ताहरूका लागि सिरीलाई "Hey Siri" भनेर बोलाउनु त अब त बानीजस्तै भइसकेको छ। तर अब यस पुरानो...