काठमाडौं । युट्युबका भिडियोहरूबाट मात्र अडियो MP3 स्वरूपमा सुरक्षित रूपमा डाउनलोड गर्नका लागि विभिन्न वेब एप्स उपलब्ध छन्। यस लेखमा हामी तीनवटा लोकप्रिय र सुरक्षित वेब एप्सको चर्चा गर्नेछौं जसले युट्युबको भिडियोलाई MP3 फाइलमा सजिलै रूपान्तरण गरी डाउनलोड गर्न सहयोग गर्छन्।
१. EzConv
EzConv वेब एपमा प्रयोगकर्ताले मनपरेको युट्युब भिडियोको URL पेस्ट गरेर त्यसलाई MP3 अडियोमा सजिलै रूपान्तरण गरी डाउनलोड गर्न सक्छन्। यसले युट्युबमा उपलब्ध कुनै पनि भिडियोको अडियो निकाल्ने स्वतन्त्रता दिन्छ। साथै, प्रयोगकर्ताले अडियोको क्वालिटी छनोट गर्न सक्ने सुविधा पनि पाउँछन्। EzConv ले कुनै अनावश्यक मालवेयर वा विज्ञापन बिना सुरक्षित सेवा उपलब्ध गराउँछ। छिटो रूपान्तरण प्रक्रिया र सरल इन्टरफेसका कारण यो सजिलो विकल्प मानिन्छ।
२. CNVMP3
CNVMP3 पनि EzConv जस्तै वेब एप हो जसले युट्युब भिडियोको लिंक पेस्ट गरी MP3 मा अडियो रूपान्तरण गर्ने सुविधा दिन्छ। यसले प्रयोगकर्तालाई अडियो क्वालिटी छनोट गर्ने विकल्प प्रदान गर्छ र मालवेयर तथा अनावश्यक विज्ञापन जोखिमबाट सुरक्षित सेवा उपलब्ध गराउँछ। CNVMP3 मार्फत युट्युबका मनपरेका गीत वा अडियो सजिलै डाउनलोड गर्न सकिन्छ।
३. Pixabay
Pixabay नि:शुल्क स्टक फोटो, भिडियो र संगीत डाउनलोड गर्न प्रयोग गरिन्छ। यसको वेबसाइटमा उपलब्ध संगीत मात्र MP3 स्वरूपमा डाउनलोड गर्न सकिन्छ। प्रयोगकर्ताले आफ्नो मनपरेको कुनै पनि युट्युब भिडियोको अडियो URL पेस्ट गरेर MP3 मा रूपान्तरण गरी डाउनलोड गर्ने सुविधा यो साइटमा छैन। त्यसैले, Pixabay सुरक्षित छ तर यसले केवल आफैंले उपलब्ध गराएको संगीत मात्र डाउनलोड गर्न अनुमति दिन्छ। विशेषगरी, Pixabay मा उपलब्ध संगीत प्रायः ट्यून (tune) स्वरूपको हुने भएकाले content creator हरूले आफ्नो भिडियो वा प्रोजेक्टको लागि सुरक्षित रूपमा ब्याकग्राउन्ड म्युजिक डाउनलोड गर्न यो साइट उचित उपाय हुन सक्छ।
यदि तपाईं आधिकारिक रूपमा उपलब्ध संगीत डाउनलोड गर्न चाहनुहुन्छ भने Pixabay उपयुक्त विकल्प हुन सक्छ, तर युट्युबमा रहेका कुनै पनि मनपरेका गीत वा भिडियोको अडियो डाउनलोड गर्न चाहनुहुन्छ भने EzConv र CNVMP3 जस्ता वेब एप्स उपयोगी हुन सक्छन्।