Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    फोनमा आउने लिङ्क स्प्याम हो कि होइन? थाहा पाउने ३ भरपर्दो उपाय

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 28, 2025
    in टिप्स एण्ड ट्रिक्स
    0
    फोनमा आउने लिङ्क स्प्याम हो कि होइन? थाहा पाउने ३ भरपर्दो उपाय
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । आजकाल मोबाइलमा विभिन्न अञ्जान लिङ्कहरूको आगमन बढ्दो छ। SMS, WhatsApp, Facebook Messenger, वा QR कोडमार्फत यस्ता लिङ्कहरू प्रायः आउने गर्दछन्। यी लिङ्कहरूको वास्तविकता थाहा पाउन र सजगता अपनाउन अत्यन्त महत्वपूर्ण छ, किनकि यस्ता लिङ्कहरूले स्प्याम र फिशिङको जोखिम निम्त्याउन सक्छ। यसका कारण तपाईंको व्यक्तिगत जानकारी, बैंक खाता र अन्य संवेदनशील डाटा चोरी हुन सक्ने सम्भावना रहन्छ। तर, थोरै सजगता र सावधानी अपनाउँदा तपाईं यी जोखिमहरूबाट जोगिन सकिन्छ। लिङ्कहरूको वास्तविकता पत्ता लगाउनका लागि तीन भरपर्दो उपायहरू छन्, जसले तपाईंको व्यक्तिगत डाटा ह्याकिङजस्ता जोखिमबाट सुरक्षित राख्न सहयोग गर्छन्।

    १. लिङ्कको वास्तविक ठेगाना (URL) जाँच्नुस्
    लिङ्क आएपछि तुरुन्तै क्लिक नगर्नुस्। पहिले त्यसको वास्तविक ठेगाना (URL) हेर्नुहोस्।
    लिङ्कलाई थिचेर राख्दा “Preview link” वा “Copy link address” देखिन्छ। त्यसलाई ब्राउजरमा नखोली, नोटप्याडमा टाँस्नुहोस् र URL जाँच गर्नुहोस्। यदि URL मा ‘www.facebook.com‘ वा ‘www.bank.com‘ जस्ता मान्य डोमेनहरू छैन भने, र ‘xyz–login-help.co’ वा ‘offer-free.win’ जस्ता अनौठो नाम देखिएमा त्यो शंकास्पद हुनसक्छ। कुनै पनि आधिकारिक संस्था, जस्तै बैंक वा सर्भिस प्रोभाइडरहरूले पठाएको लिंक प्रायः आफ्नो डोमेन (जस्तै .com, .org) प्रयोग गर्छन्, त्यसैले अनौठो नाम वा स्पेलिङ त्रुटि हुँदा सचेत रहनुहोस्।

    २. लिंक खोल्नुअघि रिपोर्ट भएको छ कि छैन हेर्नुहोस्
    SMS वा लिंक पठाउने नम्बर वा एकाउन्टको बारेमा पहिले गूगलमा खोजी गर्नुहोस्। प्रायः स्प्याम लिङ्कहरूको बारेमा अरूले चेतावनी दिएको दिएका हुन्छन्।
    उदाहरणका लागि, यदि तपाईंलाई +880.. नम्बरबाट “You have won iPhone” भन्ने मेसेज आएको छ भने, त्यसलाई Google मा “+880 spam link” भनेर सर्च गर्नुहोस्। यस्ता लिङ्कहरूसँग सम्बन्धित रिपोर्ट वा चेतावनी पाउन सक्नुहुन्छ।

    ३. सुरक्षित स्क्यानर वा लिंक चेकर प्रयोग गर्नुहोस्
    कुनै लिङ्क खोल्नु अघि यसलाई सुरक्षित छ कि छैन भनेर अनलाइन चेक गर्न सकिने केही निःशुल्क वेबसाइटहरू उपलब्ध छन्। यस्ता साइटहरूमा लिङ्क राखेर यसको वास्तविकता जाँच गर्न सकिन्छ।

    • Google Safe Browsing
    • Norton Safe Web
    • URLVoid

    यी उपकरणहरूले लिंकको सुरक्षा र यसको फिशिङ वा मालवेयर भएको जानकारी दिन्छ। तपाईं यी उपकरणहरूलाई मोबाइलबाट पनि सजिलै प्रयोग गर्न सक्नुहुन्छ।

    थोरै सजगता र समय लगाएर, तपाईं आफ्नो मोबाइल, व्यक्तिगत विवरण र बैंक खाता जस्ता संवेदनशील जानकारीलाई सुरक्षित राख्न सक्नुहुन्छ।

    Related Stories

    pdftoWordBanner

    PDF लाई Word र्फाइलमा सजिलै र निःशुल्क रूपान्तरण गर्ने तरिका

    by Aanchal Nepal
    जुलाई 30, 2025
    0

    केही निःशुल्क, सुरक्षित र प्रयोगमैत्री अनलाइन टूलहरूको प्रयोग गरेर कुनै सफ्टवेयर डाउनलोड नगरीकनै सजिलै पीडीएफलाई वर्ड फाइलमा रूपान्तरण गर्न सकिन्छ।...

    विद्यार्थीका लागि ChatGPT बाहेकका उपयोगी एआई टुल्स

    विद्यार्थीका लागि ChatGPT बाहेकका उपयोगी एआई टुल्स

    by Aanchal Nepal
    जुलाई 29, 2025
    0

    ChatGPT बाहेकका पनि धेरै एआई टुलहरू छन्, जसले विद्यार्थीहरूको दैनिक अध्ययन, अनुसन्धान र परियोजनागत कार्यहरूलाई झनै सजिलो, व्यवस्थित र प्रभावकारी...

    सामसङले किन छोड्न खोज्दै छ गुगलको साथ,S26 सिरिजमा थाम्न सक्छ ओपन एआइ र परप्लेक्ससिटिको हात !

    IMEI नम्बर : मोबाइल फोनको अनन्य पहिचान र सुरक्षाको आधार, यसरी सजिलै हेर्नुस्

    by Aanchal Nepal
    जुलाई 29, 2025
    0

    फोन चोरी, हराएको वा अन्य कुनै समस्या परेमा IMEI नम्बरकै आधारमा फोन ट्रयाक गर्न र ब्लक गर्न सकिन्छ ।

    ल्याप्टप किन्दा ध्यान दिनैपर्ने ५ महत्वपूर्ण कुरा

    ल्याप्टप किन्दा ध्यान दिनैपर्ने ५ महत्वपूर्ण कुरा

    by Aanchal Nepal
    जुलाई 25, 2025
    0

    तलका पाँच कुरामा ध्यान दिएर तपाईंले आफ्नो आवश्यकता अनुसार उपयुक्त ल्याप्टप किन्‍न सक्नुहुन्छ ।

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    जब पत्रकारले ढंग नुपुर्याइ, एआइको प्रयोग गरे ।

    जब पत्रकारले ढंग नुपुर्याइ, एआइको प्रयोग गरे ।

    2 महिना ago

    तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड

    3 महिना ago

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura