Writy.
शनिवार, जुलाई 26, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    ल्याप्टप किन्दा ध्यान दिनैपर्ने ५ महत्वपूर्ण कुरा

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 25, 2025
    in ग्याजेट्स, टिप्स एण्ड ट्रिक्स
    0
    ल्याप्टप किन्दा ध्यान दिनैपर्ने ५ महत्वपूर्ण कुरा
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । सूचना प्रविधिको तीव्र विकाससँगै ल्याप्टप नेपाली प्रयोगकर्ताको जीवनशैलीमा अनिवार्य जस्तै बन्दै गएको छ। चाहे पढाइ होस्, अफिसको काम, इन्टरनेट ब्राउजिङ वा मनोरञ्जनका लागि— ल्याप्टप आवश्यक उपकरण बनेको छ। तर ल्याप्टपजस्तो दीर्घकालीन प्रयोग हुने वस्तु खरिद गर्दा केवल डिजाइन, रङ वा ब्रान्डकै भरमा निर्णय गर्दा पछि पछुताउनु परेको उदाहरणहरू प्रशस्तै छन्। यसकारण, ल्याप्टप खरिद गर्नु अगाडि केही आधारभूत तर महत्वपूर्ण पक्षमा ध्यान दिनु आवश्यक हुन्छ। तलका पाँच कुरामा ध्यान दिएर तपाईंले आफ्नो आवश्यकता अनुसार उपयुक्त ल्याप्टप किन्‍न सक्नुहुन्छ ।

    १. ल्याप्टप किन आवश्यक छ भन्ने स्पष्ट हुनुहोस्

    सबैभन्दा पहिला आफूलाई नै प्रश्न गर्नुहोस् — “म ल्याप्टप कुन कामका लागि चाहन्छु?”
    यदि तपाईंको प्रयोग इन्टरनेट चलाउने, Word/Excel मा काम गर्ने, अनलाइन कक्षा लिनेजस्ता सामान्य खालका छन् भने मध्यम स्पेसिफिकेसनको ल्याप्टप पर्याप्त हुन्छ।
    तर तपाईं ग्राफिक्स डिजाइन, भिडियो सम्पादन, गेमिङ वा प्रोग्रामिङजस्ता गाह्रो कार्यमा संलग्न हुनुहुन्छ भने उच्च स्पेसिफिकेसनको ल्याप्टप आवश्यक पर्छ। आवश्यकता भन्दा कम स्पेसिफिकेसनको ल्याप्टप खरिद गर्दा पछि समस्या निम्तिन सक्छ।

    २. प्रोसेसर (CPU) को जेनेरेशन

    प्रोसेसर ल्याप्टपको मूल ‘दिमाग’ हो, जसले सम्पूर्ण काम गर्छ। हाल बजारमा Intel र AMD कम्पनीका प्रोसेसरहरू प्रचलनमा छन्। प्रोसेसरमा उल्लेख गरिएको नम्बर (जस्तैः i5-1235U) बाट यसको जेनेरेशन थाहा पाउन सकिन्छ — जसमध्ये प्रारम्भिक अंकले जेनेरेशन जनाउँछ (यहाँ ‘१२’ को अर्थ १२औँ जेनेरेशन)। खरिद कर्ताले सकेसम्म नयाँ जेनेरसनको प्रोसेसर जडित ल्यापटप किन्नु बढि प्रभावकारी हुन्छ ।

    नयाँ जेनेरेशन किन रोज्ने?

    • कार्यदक्षता तीव्र हुन्छ ।
    • ब्याट्री कम खपत हुन्छ ।
    • नयाँ Windows तथा सफ्टवेयर सहजै चल्छन्।

    Intel i5/i7 को १२औँ वा १३औँ जेनेरेशन, वा AMD Ryzen ५/७ को ५००० वा ७००० सिरिज उपयुक्त हुन्छ।

    ३. र्याम (RAM) कति आवश्यक छ?

     र्यामले ल्याप्टपले एकैपटक कति काम गर्न सक्छ भन्ने निर्धारण गर्छ। धेरै सफ्टवेयर एकसाथ चलाउँदा ल्याप्टप नरोकिनका लागि पर्याप्त RAM आवश्यक हुन्छ।

    • सामान्य प्रयोगका लागि: कम्तीमा ८ GB RAM आवश्यक हुन्छ।
    • उच्च कार्यक्षमताका लागि: १६ GB वा सोभन्दा बढी RAM आवश्यक हुन्छ।

    RAM अपग्रेड गर्न मिल्ने मोडल रोज्दा राम्रो हुन्छ। किनभने पछि तपाईंलाई अझ बढी आवश्यकता पर्न सक्छ, जुन अवस्थामा RAM थप्न मिल्ने ल्याप्टप भए उपयुक्त हुन्छ।

    ४. स्टोरेज: SSD वा HDD?

    स्टोरेजमा तपाईंका फाइल, सफ्टवेयर, भिडियो आदि राखिन्छ।

    • HDD (Hard Disk): सस्तो तर सुस्त
    • SSD (Solid State Drive): महँगो तर छिटो

    कम्तीमा २५६ GB SSD भएको ल्याप्टप रोज्नुहोस्। ठूलो फाइलको लागि आवश्यक परेमा बाह्य स्टोरेज प्रयोग गर्न सकिन्छ।

    ५. स्क्रिन, ब्याट्री र पोर्टहरू

    स्क्रिन साइज:

    • १३–१४ इन्च: मोबाइल र हलुका
    • १५.६ वा सो भन्दा बढि इन्च : ठूलो स्क्रिनमा काम गर्न उपयुक्त

    ब्याट्री:

    • ४–६ घण्टाको टिकाउ हुने ब्याट्री सामान्य मानिन्छ।
    • घुमिरहने प्रयोगकर्ता वा लोडसेडिङ हुने स्थानका लागि ६ घण्टाभन्दा बढी टिक्ने ब्याट्री उपयुक्त हुन्छ।

    पोर्टहरू

    • कम्तीमा २ USB पोर्ट, १ HDMI पोर्ट, र हेडफोन ज्याक आवश्यक हुन्छ।
    • यदि तपाईंलाई SD कार्ड, LAN वा Type-C पोर्ट आवश्यक छ भने त्यसमा पनि ध्यान दिनुहोस्।

    ल्याप्टप खरिद निर्णय हतारमा गर्नु हुँदैन। आफ्नो बजेट, आवश्यकता र भविष्यको सम्भावित प्रयोगलाई ध्यानमा राख्दै सूचित निर्णय गर्नु सबैभन्दा उपयुक्त हुन्छ।

    Related Stories

    एआइको नाम बेचेर ग्राहकलाई झुक्काउँछन् कम्पनी , हजुरहरु पनि झुक्किनु त भएन नि ?

    एआइको नाम बेचेर ग्राहकलाई झुक्काउँछन् कम्पनी , हजुरहरु पनि झुक्किनु त भएन नि ?

    by Tech MaKura
    जुलाई 25, 2025
    0

    कुरा स्मार्ट फोनको मात्र होइन , वाशिङ मेसिनमा पनि यस्तै AI को हवला दिएर ग्राहकलाई झुक्काउने प्रयास भएको देख्न सकिन्छ...

    मोबाइल स्क्रिनको रिफ्रेस रेट र ब्याट्रीको mAh भनेको के हो? किन आवश्यक पर्छ?

    मोबाइल स्क्रिनको रिफ्रेस रेट र ब्याट्रीको mAh भनेको के हो? किन आवश्यक पर्छ?

    by Aanchal Nepal
    जुलाई 24, 2025
    0

    काठमाडौं — पछिल्ला वर्षहरूमा स्मार्टफोनहरू अत्यन्तै प्रचलित भएका छन्। सानादेखि बूढो मान्छेसम्म सबैको हातमा अहिले स्मार्टफोन पाइन्छ र सबैले स्मार्टफोन...

    पुरानो आइफोन किन्नुअघि थाहा पाउनै पर्ने ५ कुरा

    पुरानो आइफोन किन्नुअघि थाहा पाउनै पर्ने ५ कुरा

    by Aanchal Nepal
    जुलाई 21, 2025
    0

    जानकारवालाहरुका अनुसार सेकेन्ड-ह्यान्ड आइफोन किन्नुअघि प्रयोगकर्ताले केही महत्वपूर्ण पक्षहरूमा ध्यान नदिए त्यसले आर्थिक र प्राविधिक दुबै हिसाबले घाटा पुर्याउन सक्छ।

    apple m5

    बहुप्रतिक्षित एम ५ म्याकबुक प्रो आर्को वर्ष आउने !

    by Aanchal Nepal
    जुलाई 20, 2025
    0

    यसअघि मार्क गुरमनले एप्पलले सन् २०२५ को अन्त्यतिर एम५ चिपयुक्त म्याकबुक प्रो सार्वजनिक गर्ने योजना बनाएको उल्लेख गरेका थिए । तर...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    पुरानो आइफोन किन्नुअघि थाहा पाउनै पर्ने ५ कुरा

    पुरानो आइफोन किन्नुअघि थाहा पाउनै पर्ने ५ कुरा

    5 दिन ago
    UA Hackathon Nepal

    पहिलो पटक नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक गर्दै ‘UA Hackathon Nepal 2025’ सम्पन्न।

    2 महिना ago

    भारतले किन लगायो २५ ओटीटी प्लेटफर्महरूमाथि प्रतिबन्ध?

    by Tech MaKura
    जुलाई 25, 2025
    0
    भारतले किन  लगायो २५ ओटीटी प्लेटफर्महरूमाथि प्रतिबन्ध?

    सूचना प्रविधि नियम उल्लङ्घन गर्ने र आपत्तिजनक सामग्री प्रसारण गर्ने कुनै पनि माध्यमविरुद्ध कडा कारबाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको...

    Read moreDetails

    एआइको नाम बेचेर ग्राहकलाई झुक्काउँछन् कम्पनी , हजुरहरु पनि झुक्किनु त भएन नि ?

    by Tech MaKura
    जुलाई 25, 2025
    0
    एआइको नाम बेचेर ग्राहकलाई झुक्काउँछन् कम्पनी , हजुरहरु पनि झुक्किनु त भएन नि ?

    कुरा स्मार्ट फोनको मात्र होइन , वाशिङ मेसिनमा पनि यस्तै AI को हवला दिएर ग्राहकलाई झुक्काउने प्रयास भएको देख्न सकिन्छ...

    Read moreDetails

    ल्याप्टप किन्दा ध्यान दिनैपर्ने ५ महत्वपूर्ण कुरा

    by Aanchal Nepal
    जुलाई 25, 2025
    0
    ल्याप्टप किन्दा ध्यान दिनैपर्ने ५ महत्वपूर्ण कुरा

    तलका पाँच कुरामा ध्यान दिएर तपाईंले आफ्नो आवश्यकता अनुसार उपयुक्त ल्याप्टप किन्‍न सक्नुहुन्छ ।

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura