Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

पुरानो आइफोन किन्नुअघि थाहा पाउनै पर्ने ५ कुरा

आँचल नेपाल by आँचल नेपाल
जुलाई 21, 2025
0
पुरानो आइफोन किन्नुअघि थाहा पाउनै पर्ने ५ कुरा
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं — बजारमा नयाँ आइफोन सार्वजनिक भएलगत्तै यसको चर्चा त चुलिन्छ नै, तर त्यसको छायाँ पुराना मोडलतर्फ पनि पर्छ। आईफोन १६ को सार्वजनिक भएपछि सेकेन्ड-ह्यान्ड बजारमा आइफोन १३, १४ र १५ जस्ता मोडलको माग तीव्र बनेको थियो / छ। धेरै प्रयोगकर्ताहरू नयाँ फोनको सस्तो विकल्पको रूपमा पुराना मोडल रोज्ने गरेका छन्। तर सस्तो मूल्यमा आइफोन किन्ने नाममा ठगिने, वा कमजोर प्राविधिक स्थितिको फोन किनेर पछुताउनु पर्ने अवस्था पनि बढ्दो छ।

जानकारवालाहरुका अनुसार सेकेन्ड-ह्यान्ड आइफोन किन्नुअघि प्रयोगकर्ताले केही महत्वपूर्ण पक्षहरूमा ध्यान नदिए त्यसले आर्थिक र प्राविधिक दुबै हिसाबले घाटा पुर्याउन सक्छ। विशेष गरी मूल्यको गिरावट, ब्याट्रीको स्थिति, सफ्टवेयर लक, कानुनी वैधता र ठगीको सम्भावनालाई हेरेर निर्णय लिनु अत्यावश्यक हुन्छ।

सबैभन्दा पहिला, पुरानो आइफोनमा ब्याट्री हेल्थ महत्त्वपूर्ण पक्ष हो। आइफोनमा ब्याट्री हेल्थ ८५ प्रतिशतभन्दा तल छ भने त्यसको प्रयोग समय छोटो हुन्छ, र चाँडै ब्याट्री फेर्नुपर्ने हुन सक्छ। धेरै प्रयोग भइसकेको फोनमा साइकल काउन्ट बढी हुन्छ, जसले परफर्मेन्समा असर पार्न सक्छ।

दोस्रो, धेरैजसो चोरी भएका वा हराएका आइफोनहरूमा आइक्लाउड एक्टिभेसन लक खुलाइएको हुँदैन। यस्तो अवस्थामा फोन चलाउनै सकिँदैन। किन्ने बेलामा सेटअप स्क्रिनमा एप्पल आइडी मागिएको छ भने, त्यस्तो फोन किन्नुहुँदैन। पुरानो मालिकले आफ्नो एप्पल आइडी हटाइसकेको छ कि छैन भन्ने कुरा प्रष्ट हुनु जरुरी हुन्छ।

तेस्रो कुरा, फोनको आइएमईआई नम्बर जाँच गर्नु कानुनी सुरक्षाका हिसाबले आवश्यक हुन्छ। *#०६# डायल गरेर प्राप्त हुने आइएमईआई नम्बरलाई नेपाल दूरसञ्चार प्राधिकरणको सीईआईआर पोर्टलमा भेरिफाइ गर्न सकिन्छ। चोरी वा ब्ल्याकलिस्टमा परेको फोनले नेटवर्क नपाउने सम्भावना हुन्छ।

चौथो, रिफर्बिस्ड फोन र जिनुइन फोन छुट्याउन पनि सजगता आवश्यक छ। आइफोनको मोडल नम्बरबाट त्यसको मूल प्रकृति बुझ्न सकिन्छ। ‘एम’ बाट सुरु हुने मोडलहरू नयाँ हुन्, ‘एफ’ रिफर्बिस्ड र ‘एन’ भनेको रिप्लेसमेन्ट युनिट हो भन्ने जनाउँछ। धेरै रिफर्बिस्ड फोनहरूमा ब्याट्री, स्क्रिन वा अन्य हार्डवेयर फेरिएको हुन सक्छ, जसको दीर्घकालीन भरोसा कम हुन्छ।

अन्ततः, बजारमा अत्यन्तै सस्तो मूल्य देखाएर प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति पनि सक्रिय छ। आइफोनको वास्तविक मूल्य भन्दा निकै कम मूल्यमा दिने भन्दै पैसा उठाउने र सम्पर्कविहीन हुने घटनाहरू बारम्बार देखिएका छन्। त्यस्ता ठगीबाट बच्नका लागि प्रयोगकर्ताले ट्रस्टेड प्लेटफर्म, भेरिफाइड सेलर वा फिजिकल मिट-अपको माध्यमबाट मात्र कारोबार गर्नुपर्छ।

सेकेन्ड-ह्यान्ड फोन सस्तो पर्न सक्छ, तर त्यहाँ थुप्रै जोखिम लुकेका हुन्छन्। सस्तो मूल्य मात्र हेरेर होइन, त्यसको अवस्था, वैधता र प्रयोगमा आउन सक्ने समस्या बुझेरै निर्णय लिनुपर्छ ।

यसर्थ नयाँ फोनको लोभ नभएर, सस्तोमा चल्ने आइफोन किन्ने सोच राम्रो हो। तर त्यस्तो सोचले फाइदा मात्रै होइन, सजगता नअपनाउँदा घाटा पनि दिन सक्छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Apple AWE event
ग्याजेट्स

“Apple Awe Dropping” इभेन्टमा iPhone 17 बाहेक अरु के – के हुँदै छ सार्वजनिक ?

अगस्ट 31, 2025
Phone has ear
ग्याजेट्स

भित्ताको थाहा भएन , मोबाइलको चाही कान हुन्छ !

अगस्ट 29, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura