काठमाडौं । छिमेकी मुलुक भारतका एक सफ्टवेयर इन्जिनियर यति बेला चर्चाको केन्द्रमा रहेका छन् । सफ्टवेयर इन्जिनियर चर्चामा छन् भनेपछि धेरै जनालाई लाग्न सक्छ उनले डिभलप गरेको कुनै सफ्टवेयर वा एपले अभुतपुर्व सफलता हात पार्यो , वा उनको स्टार्टअपले कुनै उल्लेखनिय उपलब्धी पो हासिल गर्यो कि ? तर त्यस्तो होइन । उनी त उनले विभिन्न स्टार्टअप कम्पनी लाई पङ्गु बनाएको कारण चर्चामा आएका हुन् । जसका कारण हाल विश्वका धेरै स्टार्टअप कम्पनीहरुको वर्क फ्रम होम बाट विश्वास नै उडेको छ ।
सोहमले एकै पटकमा ३४ वटा सम्म कम्पनीमा नियुक्ती लिएको र काम नगरी तलब मात्र खाने गरेको खुलेपछि वर्क फ्रम होम विधिमै शंसय उत्पन्न भएको हो । चर्चित प्रविधि कम्पनी मिक्सप्यानलका सहसंस्थापक सुहेल दोशीले सामाजिक संजाल एक्स (ट्विटर) मा एक पोस्ट सार्वजनिक गरेसँगै उनको यो स्क्यामको भण्डाफोर भएको हो ।
दोशिले “सावधान! भारतमा बस्ने सोहम परेख नामका व्यक्तिले धेरै स्टार्टअपमा एकै साथ काम गरिरहेका छन्।” भन्ने ट्विट गरेका थिए । उक्त ट्विट भाइरल भएसँगै उनले एकै पटकमा ३४ वटा सम्म स्टार्टअप कम्पनी मा नियुक्ती लिएको सार्वजनिक भएको हो । नियुक्ती लिए पछि उनले कतै पहिलो दिनमै बिरामी भएको बहाना बनाउने, कतै गलत ठेगाना दिने , अनलाइन मिटिङ मिस गर्ने, प्रोजेक्ट ढिलो गर्ने गर्थे र छोटो समय मात्र त्यो कम्पनीमा बसी तलब पचाएर निस्किने गर्थे ।
उनको यो शैली एक्स मार्फत भण्डाफोर भएपछि सोहेमले आफ्नो गल्ती स्विकार समेत गरेका छन्, ।आर्थिक अभावका कारण छोटो समयमा धेरै पैसा कमाउने लोभले उक्त बाटो अप्नाएको उनको भनाइ रहेको छ ।सामाजिक संजालमा सोहमले इन्टर भ्यु क्र्याक गर्नमा मास्टरी नै हासिल गरेको समेत टिप्पणी हुने गरेको छ । केहि संस्थापकहरुका अनुसार त सोहेम इन्टरभ्युमा यति प्रभावशाली रुपमा प्रस्तुत हुन्थे कि उनी हरुलाई लाग्थ्यो यो उनीहरुको जीवनकै सबै भन्दा प्रभावकारी हायरिङ्ग थियो ।
पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !
काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा छिमेकी मुलुक भारत कि एक इन्स्टाग्राम इन्फ्लुएन्सर अर्चिता फुकानको तस्विर भाइरल भइरहेको छ । Adult film इन्डस्टृकी...