Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

त्रिविबाट स्टार्टअप सोच भएका विद्यार्थीलाई तालिम र लगानीको अवसर, यसरी बुझाउनुहोस् आवेदन !

आँचल नेपाल by आँचल नेपाल
जुलाई 13, 2025
0
TU Building
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूमा रहेको नवीन सोच र उद्यमशीलतालाई प्रोत्साहित गर्ने उद्देश्यले ट्युबिक उद्यमशीलता विकास कार्यक्रम घोषणा गरेको छ। विश्वविद्यालय अन्तर्गतको बिजनेस इन्क्युबेसन सेन्टर (TUBIC) मार्फत सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीका स्टार्टअप आइडियालाई सफल व्यवसायमा रूपान्तरण गर्न आवश्यक सहयोग उपलब्ध गराइनेछ।

ट्युबिकले हालै सूचना जारी गर्दै विभिन्न संकाय, विभाग तथा अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो स्टार्टअप आइडिया र व्यावसायिक योजनासहित आवेदन दिन आह्वान गरेको छ।

कार्यक्रमअन्तर्गत सम्भावना भएका स्टार्टअप आइडिया छनोट गरी त्यसलाई व्यवसायिक रूपमा स्थापित गर्न आवश्यक तालिम, प्राविधिक सहयोग तथा लगानीको व्यवस्था गरिने ट्युबिकले जनाएको छ। स्टार्टअपको प्रकृति अनुसार कस्तो प्रकारको सहयोग उपयुक्त हुन्छ भन्ने निर्णय पनि केन्द्रले नै गर्नेछ।

यस कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले २५ साउनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दर्ताका लागि विस्तृत व्यावसायिक योजना, अध्ययनरत क्याम्पसको सिफारिस पत्र, नागरिकताको प्रतिलिपि र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

आवेदन फारम र विस्तृत जानकारी TUBIC को आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ भने आवेदन ईमेलमार्फत [email protected] मा पठाउन सकिनेछ।

मुख्य बुँदाहरू:

  • त्रिविका विद्यार्थीका स्टार्टअप आइडिया छनोट गरी व्यवसायमा रूपान्तरण गर्न सहयोग
  • तालिम, प्राविधिक सहायता र लगानीको व्यवस्था
  • आवेदनको अन्तिम म्याद: २५ साउन
  • आवश्यक कागजात: व्यवसायिक योजना, सिफारिस पत्र, नागरिकता र परिचयपत्रको प्रतिलिपि
  • आवेदन: [email protected] मा इमेलमार्फत

यो कार्यक्रमले युवा उद्यमशीलता प्रवर्द्धन गर्दै भविष्यका व्यवसायिक नेतृत्वहरू तयार पार्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura