Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

अडियो प्रकरण बारे मन्त्री गुप्ता: प्रविधिको दुरुपयोग गरेर बनाइएको नक्कली अडियो हो।

आँचल नेपाल by आँचल नेपाल
जुलाई 14, 2025
0
अडियो प्रकरण बारे मन्त्री गुप्ता: प्रविधिको दुरुपयोग गरेर बनाइएको नक्कली अडियो हो।

Image source: Nepal News

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूलाई जोडेर सार्वजनिक गरिएको घुस लेनदेनसम्बन्धी अडियोलाई अस्वीकार गरेका छन् । उनले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउँदै अडियो नक्कली भएको दाबी गरेका छन् ।

७८ लाख रुपैयाँ घुसको लेनदेनमा आफ्नो संलग्नता भएको अडियो सार्वजनिक भएपछि पहिलोपटक मन्त्री गुप्ताले टेलिभिजन अन्तर्वार्तामार्फत खुलेर प्रतिक्रिया दिएका हुन् । उनले उक्त अडियो आफूले बोलेको नभएको स्पष्ट पारे। “म त्यो अडियो मेरो हो भन्ने प्रमाण दिनुस्, म तुरुन्तै राजीनामा दिन्छु । प्रमाणित भयो भने नागरिकता त्यागेर देशै छाड्छु,” गुप्ताले भने ।

उनले प्रविधिको गलत प्रयोग गरेर यस्ता अडियो सिर्जना गर्न सकिने सम्भावना औंल्याउँदै यसअघि पनि यस्ता प्रवृत्ति देखिएको उदाहरण दिए । राष्ट्रपति र एक मेयरबीचको अडियो प्रकरण उल्लेख गर्दै गुप्ताले प्रविधिमा आधारित प्रमाणमाथि गहिरो छानबिन आवश्यक रहेको बताए ।

गुप्ताले आफूमाथि लागेको आरोप पूर्वनियोजित षड्यन्त्र भएको र यसले सरकारलाई बदनाम गराउने प्रयत्न गरिएको टिप्पणी गरेका छन् । “यस्तो षड्यन्त्र सरकार, म र मेरो पार्टीविरुद्ध हो,” उनले बताए ।

मन्त्री गुप्ताले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै आफूविरुद्ध आएका समाचारहरू योजनाबद्ध रुपमा प्रकाशित भएको र यसले आफ्नो व्यक्तिगत तथा राजनीतिक छविमा गम्भीर क्षति पुर्‍याएको उल्लेख गरेका छन् । उनले एआई प्रविधिको दुरुपयोग गर्दै आफ्नो स्वर जस्तो बनाइएको अडियो सार्वजनिक गरेर फसाउने प्रयास भएको दाबी गरे ।

गुप्तामाथि मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्ति मिलाइदिन २५ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । सार्वजनिक अडियोमा उनलाई बिचौलियासँग रकमको विषयमा कुराकानी गरिरहेको सुनिन्छ। यद्यपि मन्त्री गुप्ताले त्यसलाई नक्कली अडियो भन्दै शुरुदेखि नै अस्वीकार गर्दै आएका छन् ।

उनले आफू निर्दोष रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) को छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो प्रकरणले राजनीतिमा हलचल ल्याएको छ। प्रतिनिधिसभाको हालैको बैठकमा सांसदहरूले अडियो प्रकरणबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन् । सत्तारूढ दलकै केही नेताहरूले समेत प्रधानमन्त्री र पार्टी नेतृत्वले विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura