काठमाडौँ ।विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो प्लेटफर्ममा नक्कल र गैर-मौलिक सामग्री पोस्ट गर्ने अकाउन्टहरू विरुद्ध निगरानी कडा गर्ने घोषणा गरेको छ।
युट्युबले दोहोरिएका र ठुलो मात्रामा उत्पादित सामग्रीविरुद्ध नयाँ नीति लागू गरेसँगै, मेटाले पनि आफ्नो प्लेटफर्ममा मौलिकता सुनिश्चित गर्न रणनीतिक कदम अघि सारेको हो।
कम्पनीका अनुसार, यस वर्षमात्रै ठूला कन्टेन्ट क्रियटरहरूका नाममा बनाइएका १ करोड नक्कली अकाउन्ट हटाइसकिएको छ। यस्तै, स्पाम गतिविधि तथा कृत्रिम रूपमा इन्गेजमेन्ट बढाउने प्रयत्नमा संलग्न ५ लाख अकाउन्टमाथि पनि कारबाही गरिएको छ।
कारबाहीमा ती अकाउन्टहरूका सामग्रीको वितरण घटाउने, कमेन्टहरूलाई निरुत्साहित गर्ने र आम्दानीको पहुँच रोक्नेजस्ता उपायहरू अपनाइएको मेटाले जनाएको छ। कम्पनीको प्राथमिकता अरूको सामग्री जस्ताको तस्तै पुनः पोस्ट गर्ने वा मौलिक स्रष्टाहरूको नक्कल गर्ने प्रवृत्तिविरुद्ध केन्द्रित हुने बताइएको छ।
मेटाका अनुसार, बारम्बार यस्ता नीतिविपरीत कार्य गर्ने अकाउन्टहरूले फेसबुकको मनिटाइजेसन कार्यक्रममा सहभागिता गुमाउनेछन्, साथै उनीहरूको सामग्रीको वितरण पनि न्यून हुनेछ।
यी नीतिहरू क्रमिक रूपमा लागू हुने मेटाको भनाइ छ, जसले गर्दा क्रियटरहरूले आवश्यक समायोजन गर्न सकून्। यदि कुनै क्रियटरलाई सामग्री वितरणमा कमी देखिएमा, फेसबुकको प्रोफेसनल ड्याशबोर्डमा गएर नयाँ पोस्ट-लेभल इनसाइट्समार्फत कारण पत्ता लगाउन सक्नेछन्। त्यस्तै, पेज वा प्रोफेसनल प्रोफाइलको सपोर्ट होम स्क्रिनबाट सामग्री सिफारिस तथा मनिटाइजेसन पेनाल्टीको जोखिममा आफू परेका छन् कि छैनन् भन्ने अवस्था पनि हेर्न सकिनेछ।
मेटाले हरेक त्रैमासिकमा सार्वजनिक गर्ने ट्रान्सपरेन्सी रिपोर्टमार्फत प्लेटफर्ममा गरिएका कारबाहीहरूको विवरण प्रस्तुत गर्दै आएको छ। पछिल्लो रिपोर्ट अनुसार, फेसबुकका मासिक सक्रिय प्रयोगकर्तामध्ये झण्डै ३ प्रतिशत प्रयोगकर्ता फेक अकाउन्ट भएको मेटाले जनाएको छ।
२०२५ जनवरीदेखि मार्च महिनासम्म मात्र १ अर्ब नक्कली अकाउन्टहरूमा कारबाही गरिसकिएको तथ्याङ्क मेटाले सार्वजनिक गरेको छ।
फेसबुकमा मौलिकता र सत्यतामा आधारित सामग्री प्रवाह सुनिश्चित गर्न मेटाको यो कदम सामाजिक सञ्जाल प्रयोगकर्ताहरू तथा डिजिटल स्रष्टाहरूका लागि महत्त्वपूर्ण सावधानी संकेतका रूपमा आएको विश्लेषकहरू बताउँछन्।
पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !
काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा छिमेकी मुलुक भारत कि एक इन्स्टाग्राम इन्फ्लुएन्सर अर्चिता फुकानको तस्विर भाइरल भइरहेको छ । Adult film इन्डस्टृकी...