काठमाडौं । पछिल्लो समय विश्व समुदायमा एआइको प्रयोग व्यापक बन्दै गएको जगजायर छ । शिक्षा स्वास्थ्य , संचार लगायतका क्षेत्रहरुमा मात्र नभई हालको समयमा एआइ प्रविधी दैनिक जीवनका विभिन्न काम हरुमा समेत पर्याय जस्तै बनेको छ । यस्तो परिस्थिती मा एआइको बढ्दो प्रभावलाई लिएर भएको एक अनुसन्धानले हाल मानिसहरु ChatGPT जस्ता एआइ मोडलहरुको शैली मा बोल्न थालेको खुलासा गरेको छ ।
जर्मनीको Max Planck Institute for Human Development ले गरेको एक अध्ययनका अनुसार हालको समयमा मानिसहरू ChatGPT जस्ता AI chatbots ले कसरी बोल्छन्, लेख्छन् र सञ्चार गर्छन् भन्ने कुरामा adapt हुन थालेका छन् । ChatGPT को सुरुवात अघि र पछि रिलिज गरिएका ३ लाख ६० हजार भन्दा बढी YouTube videos र ७ लाख ७० हजार podcast episodes हरुमा गरिएको अध्ययनले मानिसहरूले AI द्वारा उत्पन्न गरिएका शब्दहरू प्रयोग गर्ने बानीमा तीव्र वृद्धि भएको देखाएको छ । उदाहरणका लागि meticulous, boast, र realm जस्ता GPT words हालको समयमा बोलिचालिमा व्यापक प्रयोग हुने गरेको पाइएको छ ।
चाखलाग्दो कुरा के छ भने, अनुसन्धानकर्ताहरूले AI को मानव अभिव्यक्तिमा प्रभाव देखेको यो पहिलो पटक होइन। यसअघिका अध्ययनहरूले लिखित भाषामा यसको प्रभावमा ध्यान केन्द्रित गरेका थिए। तर यो नयाँ अध्ययनले विशेष गरी मानिसहरूले spoken communication मा अनुभव गरिरहेको महत्त्वपूर्ण परिवर्तनलाई भने उजागर गरेको छ ।
चाखलाग्दो कुरा के छ भने, अनुसन्धानकर्ताहरूले AI को मानव अभिव्यक्तिमा प्रभाव देखेको यो पहिलो पटक होइन। यसअघिका अध्ययनहरूले लिखित भाषामा यसको प्रभावमा ध्यान केन्द्रित गरेका थिए। तर यो नयाँ अध्ययनले विशेष गरी मानिसहरूले spoken communication मा अनुभव गरिरहेको महत्त्वपूर्ण परिवर्तनलाई भने उजागर गरेको छ । अनुसन्धानकर्ताहरुको अनुसार AI ले मानिसहरूलाई efficiency सुधार गर्न र autocorrect वा smart replies जस्ता सकारात्मक सामाजिक आदानप्रदानलाई प्रोत्साहित गर्न मद्दत गरिरहेको भए पनि, यसले मानिसहरूलाई आफुमा बढी निर्भर बनाइरहेको छ । जसले मानिसहरु आफ्ना शब्द र भावनाहरूमा विश्वास गर्नुको सट्टा, AI मा बढी निर्भर भइरहेका छन् ।