Writy.
शनिवार, जुलाई 19, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ई-स्पोर्ट
    • ग्याजेट्स
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ई-स्पोर्ट
    • ग्याजेट्स
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    खल्ती र आइएमई पे एकीकृत, यसरी गर्नुहोस्, एकाउन्ट लिङ्क !

    Tech MaKura by Tech MaKura
    जुलाई 18, 2025
    in डिजिटल पेमेंट
    0
    खल्ती र आइएमई पे एकीकृत, यसरी गर्नुहोस्, एकाउन्ट लिङ्क !
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौँ । नेपाली डिजिटल भुक्तानी सेवा क्षेत्रमा दुई ठूला वालेट कम्पनी खल्ती र आइएमई पे आज, (१ साउन २०८२) बाट आधिकारिक रूपमा एक आपसमा गाभिएका छन्। कम्पनीद्वयको एकीकरणसँगै अब खल्ती वालेटमै दुवैको डेटा एकीकृत गरिएको छ। यससँगै एउटै एपमार्फत सेवा लिन सकिने सुविधा मिलाइएको छ र एकिकृत कारोबार पनि सुरु भइसकेको छ।कम्पनीका अनुसार दुवै वालेट प्रयोग गर्दै आएका वा केवल आइएमई पे प्रयोग गर्ने ग्राहकले आफ्नो खाता खल्तीमा आफैँ स्थानान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ। 

    यस्तो छ आइएमई पे वालेटलाई खल्तीमा गाभ्ने तरिका:
    प्रयोगकर्ताले आफ्नो IME Pay वालेटलाई Khalti एपसँग गाभ्नका लागि केही चरणहरू पूरा गर्नुपर्ने हुन्छ।

    यसका लागि सुरुमा IME Pay एप खोलेर ‘आफ्नो IME Pay Wallet लाई आजै Khalti Wallet सँग मर्ज गर्नुहोस्’ भन्ने सन्देश देखिने स्क्रिनमा पुग्नुपर्छ। त्यहाँ दिइएको ‘Merge Now’ विकल्प चयन गर्नुपर्ने हुन्छ। यदि प्रयोगकर्ताले खल्ती एपमार्फत यो प्रक्रिया सुरु गर्न चाहन्छन् भने, एप खोलिसकेपछि स्क्रिनको माथिल्लो दायाँ कुनामा रहेको IME Pay को लोगोमा ट्याप गरेर अगाडि बढ्न सकिन्छ।

    You might also like

    अब अनलाइनबाटै यसरी हेर्नुहोस्,NIC Asia बैंकले लिलामिमा राखेका सम्पत्तिको विवरण !

    अब अनलाइनबाटै यसरी हेर्नुहोस्,NIC Asia बैंकले लिलामिमा राखेका सम्पत्तिको विवरण !

    जुलाई 18, 2025
    nabil bank notice

    नबिल बैंकको नाममा नक्कली वेबसाइटको बिगबिगी बैंकले निकाल्यो यस्तो सुचना !

    जुलाई 7, 2025

    त्यसपछि Khalti सँग मर्ज गरेपछि प्राप्त हुने फाइदाहरूको विवरण समेटिएको एउटा जानकारी पृष्ठ देखिन्छ। उक्त जानकारी हेरेपछि, स्क्रिनको अन्त्यतिर रहेको रातो एरो आइकनमा ट्याप गरेर अर्को चरणमा जान सकिन्छ।

    त्यसपछि प्रयोगकर्ताको खाता विवरण जस्तै नाम, फोन नम्बर, इमेल, जन्म मिति र कागजातहरू देखिन्छन्। यथार्थ विवरण पुष्टि गरेपछि ‘Proceed’ विकल्प थिच्नुपर्ने हुन्छ।

    त्यसपछि प्रयोगकर्ता Khalti एपमा रिडाइरेक्ट हुनेछन्। त्यहाँ पनि पुनः ‘Proceed’ मा ट्याप गरेर प्रक्रिया निरन्तरता दिन सकिन्छ।

    पछिल्लो चरणमा प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरमा प्राप्त भएको OTP कोड प्रविष्ट गरी ‘Continue’ मा ट्याप गर्नुपर्छ।

    यदि प्रयोगकर्ताको खाता विवरणहरू दुवै प्लेटफर्ममा मिल्छन् भने, डेटा माइग्रेशनका लागि तयार भएको सूचना देखिनेछ। तर, विवरणहरूमा भिन्नता देखिएमा म्यानुअल रूपमा प्रमाणीकरणका लागि अनुरोध गर्न सकिने व्यवस्था गरिएको छ। यस्तो अवस्थामा, केही समय लाग्न सक्छ र आवश्यक परेको खण्डमा कम्पनीका प्रतिनिधिले प्रयोगकर्तालाई सम्पर्क गर्ने छन्।

    डेटा मेल खाएको खण्डमा, प्रयोगकर्तालाई अन्तिमपटक आफ्नो विवरण पुनःजाँच गरेर ‘Confirm’ गर्न भनिन्छ।

    आइएमई पेका प्रयोगकर्ताहरूले आफ्नो बचत रकम र रिवार्ड पोइन्टको के स्थिति हुन्छ भन्ने प्रश्न उठाउँदै आएका थिए, जुन अब खल्तीमै थपिने व्यवस्था गरिएको छ। यहाँ आइपुग्दा प्रयोगकर्ताले IME Pay बाट Khalti मा माइग्रेट भएका विवरणहरू– जस्तै वालेटको मौज्दात रकम, KYC विवरण, कारोबारको इतिहास र रिवार्ड पोइन्टहरूको जानकारी देख्न सक्नेछन्। यहाँ पनि पुनः ‘Confirm’ गर्नुपर्ने हुन्छ।

    मर्ज प्रक्रिया अन्तिम चरणमा पुग्दा, खाता गाभ्ने सहमतिस्वरूप एउटा पप-अप सम्झौतापत्र स्क्रिनमा देखिन्छ। त्यसमा रहेको दुवै चेकबक्समा ट्याप गरी ‘Confirm’ गर्नुपर्ने हुन्छ।

    अन्ततः, ‘Start the Journey’ मा ट्याप गरेपछि प्रयोगकर्ताको IME Pay वालेट सफलतापूर्वक Khalti मा गाभिएको पुष्टि हुन्छ।

    यस एकीकरणलाई नेपाली डिजिटल भुक्तानी प्रणालीमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई अझ सहज, सरल र एकीकृत भुक्तानी अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

    Tags: featured tag
    Tech MaKura

    Tech MaKura

    Related Stories

    अब अनलाइनबाटै यसरी हेर्नुहोस्,NIC Asia बैंकले लिलामिमा राखेका सम्पत्तिको विवरण !

    अब अनलाइनबाटै यसरी हेर्नुहोस्,NIC Asia बैंकले लिलामिमा राखेका सम्पत्तिको विवरण !

    by Tech MaKura
    जुलाई 18, 2025
    0

    काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको स्वामित्वमा रहेका बैँकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति तथा धितोमा रहेका सम्पत्तिहरूको लिलामी सम्बन्धी विस्तृत...

    nabil bank notice

    नबिल बैंकको नाममा नक्कली वेबसाइटको बिगबिगी बैंकले निकाल्यो यस्तो सुचना !

    by Tech MaKura
    जुलाई 7, 2025
    0

    सामाजिक सञ्जाल र नक्कली वेबसाइटहरु मार्फत नबिल बैंकको नाममा उपहार जितेको वा आर्थिक लाभ हुने भनी झुटा आश्वासन दिने भ्रामक...

    Popular News

    • नेपालमा टेलिग्राममाथि प्रतिबन्ध, तत्काल बन्द गर्न सेवाप्रदायकलाई निर्देशन

      नेपालमा टेलिग्राममाथि प्रतिबन्ध, तत्काल बन्द गर्न सेवाप्रदायकलाई निर्देशन

      0 shares
      Share 0 Tweet 0
    • डिभोर्स पछि एलिना चौहानका पूर्वपतिको फेसबुक मार्फत स्पष्टिकरण: मानहानीको कानुनी उपचार खोज्दै छु ।

      0 shares
      Share 0 Tweet 0
    • टेक कम्पनीका शीर्ष पदाधिकारीहरू बीचको अफेयर कोल्डप्लेको कन्सर्टमा सार्वजनिक, फोटो भिडिओ भाइरल !

      0 shares
      Share 0 Tweet 0
    • iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?

      0 shares
      Share 0 Tweet 0
    • ओपन एआइले ल्यायो सबै काम गरिदिने  “च्याटजिपिटी एजेन्ट”, नेपालमा कहिले आउँला ? 

      0 shares
      Share 0 Tweet 0

    Recommended

    Mark zukerberg

    एआइ दौडमा आक्रमक बन्दै मार्क जुकरवर्ग, १३ अर्व वार्षिक तलबमा आए विश्वकै चर्चित व्यक्तित्वहरू!

    2 हप्ता ago
    QR देखि हस्तलिखित नोटसम्म, Google Lens लाई नै दिने कि सब थोक पढ्ने जिम्मा ?

    QR देखि हस्तलिखित नोटसम्म, Google Lens लाई नै दिने कि सब थोक पढ्ने जिम्मा ?

    3 महिना ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • Home
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • फ्याक्ट चेक
    • इन्टरनेट
    • एआइ
    • ई-स्पोर्ट
    • ग्याजेट्स

    © 2025 Tech MaKura