Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

बहुप्रतिक्षित एम ५ म्याकबुक प्रो आर्को वर्ष आउने !

आँचल नेपाल by आँचल नेपाल
जुलाई 20, 2025
0
apple m5
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं — एप्पलले सन् २०२५ मा नयाँ एम५ चिपसहितको म्याक सार्वजनिक नगर्ने योजना बनाएको छ । ब्लूमबर्गका टेक पत्रकार मार्क गुरमनका अनुसार, कम्पनीले नयाँ म्याकबुक एयर र म्याकबुक प्रो मोडेलहरू सन् २०२६ को पहिलो छ माहिनामा सार्वजनिक गर्ने कार्ययोजना भएको बताएका छन् ।

यसअघि मार्क गुरमनले एप्पलले सन् २०२५ को अन्त्यतिर एम५ चिपयुक्त म्याकबुक प्रो सार्वजनिक गर्ने योजना बनाएको उल्लेख गरेका थिए । तर उनको पछिल्लो रिपोर्ट अनुसार, कम्पनी अहिले उक्त मोडेल सन् २०२६ सम्म सार्ने विषयमा आन्तरिक छलफलमा रहेको बुझिएको छ । हाल एप्पलले सो मोडेल सन् २०२६ को सुरुमा सार्वजनिक गर्ने लक्ष्य लिएको जनाइएको छ ।

हालको एम४, एम४ प्रो र एम४ म्याक्स चिपयुक्त म्याकबुक प्रो मोडेलहरू सन् २०२४ को अक्टोबरमा घोषणा गरिएको र नोभेम्बरमा बजारमा ल्याइएको थियो । यदि एम५ मोडेलहरू २०२६ मा सारिने हो भने, एप्पलले एक वर्षको नियमित अपडेट चक्र यो पटक तोड्ने देखिन्छ । सामान्यतया एप्पलले सेप्टेम्बरमा नयाँ आइफोन घोषणा गरेपछि अक्टोबर वा नोभेम्बरमा नयाँ म्याक ल्याउने गर्छ ।
गुरमनले एप्पलले एम५ चिपयुक्त म्याकबुक प्रोको सार्वजनिक मिति किन पछाडि सार्न लागेको भन्नेबारे स्पष्ट कारण उल्लेख गरेका छैनन् । तर उनले समयक्रम परिवर्तनशील रहेको भन्दै यो वर्षको अन्त्यअघिनै नयाँ म्याक सार्वजनिक हुने सम्भावना पनि नकार्न नसकिने बताएका छन् ।

एम५ म्याकबुक प्रो मोडेलहरूमा चिप अपडेटबाहेक धेरै ठूलो परिवर्तन हुने सम्भावना छैन । एप्पलले ठूला परिमार्जन एम६ म्याकबुक प्रो मोडेलमा गर्ने तयारी गरेको बताइएको छ । नयाँ मोडेलमा ओएलईडी डिस्प्ले र नयाँ डिजाइनको केस प्रयोग गरिने अपेक्षा गरिएको छ । अघिल्ला रिपोर्टहरूले ओएलईडी म्याकबुक प्रो सन् २०२६ मा आउने बताएका थिए । तर यदि एम५ म्याकबुक प्रो नै सन् २०२६ मा आउने हो भने, ओएलईडी संस्करण २०२७ मा सारिने सम्भावना देखिन्छ । अर्को विकल्पका रूपमा, एप्पलले २०२६ को सुरुमा एम५ संस्करण र सोही वर्षको अन्त्यतिर ओएलईडी संस्करण सार्वजनिक गर्न सक्ने भए पनि त्यो अस्वाभाविक हुने गुरमनको बुझाइ छ ।

एप्पलले एम५ चिपयुक्त म्याकबुक एयर पनि सन् २०२६ मा सार्वजनिक गर्ने योजना बनाएको छ, जसले हालको एम४ मोडेललाई प्रतिस्थापन गर्नेछ । यद्यपि केही दाबी अनुसार एप्पलले सन् २०२६ का लागि ए१८ प्रो चिप प्रयोग गरिएको म्याकबुकमा पनि काम गरिरहेको छ, तर गुरमनले उक्त विषयमा केही उल्लेख गरेका छैनन् ।

एम५ चिपयुक्त म्याकबुक प्रो र म्याकबुक एयरसँगै एप्पलले नयाँ एक्सटरनल डिस्प्ले पनि ल्याउने तयारीमा रहेको बताइएको छ । यो डिस्प्ले सन् २०२२ मा सार्वजनिक गरिएको स्टुडियो डिस्प्लेको पछिल्लो संस्करण हुने अनुमान गरिएको छ र सन् २०२६ को सुरुवातमा बजारमा ल्याइने अपेक्षा गरिएको छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Apple AWE event
ग्याजेट्स

“Apple Awe Dropping” इभेन्टमा iPhone 17 बाहेक अरु के – के हुँदै छ सार्वजनिक ?

अगस्ट 31, 2025
Phone has ear
ग्याजेट्स

भित्ताको थाहा भएन , मोबाइलको चाही कान हुन्छ !

अगस्ट 29, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura