Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

गुगल म्यापमा धरहरा लेख्दा सेतो टावर कसरी देखियो ?

आँचल नेपाल by आँचल नेपाल
जुलाई 22, 2025
0
गुगल म्यापमा धरहरा लेख्दा सेतो टावर कसरी देखियो ?
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं — राजधानीको प्रमुख ऐतिहासिक स्मारक धरहराको नाम गुगल म्यापमा अचानक ‘सेतो टावर’ भनेर देखिन थालेको छ। गुगल सर्च वा म्यापमा ‘धरहरा’ टाइप गर्दा यो परिवर्तन आजै बिहानदेखि देखिन थालेको हो। तर, यो नाम परिवर्तन कसले र किन गर्‍यो भन्ने विषयमा अहिलेसम्म  स्पष्ट भइसकेको छैन।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यो विषयप्रति आपत्ति जनाउँदै धरहराको मौलिकता हराउने खतरा रहेको भन्दै प्रतिक्रिया दिइरहेका छन्। कतिपयले राष्ट्रिय पहिचान झल्काउने स्मारकको नाम परिवर्तन हुनु आपत्तिजनक भएको बताएका छन्।

गुगल म्यापमा लोकेसनको नाम एडिट गर्ने वा नयाँ स्थान थप्ने सुविधा जोकोही प्रयोगकर्ताका लागि उपलब्ध भएकाले यस्ता परिवर्तनहरू पटकपटक हुँदै आएका छन्। यसअघि पनि विभिन्न स्थान तथा व्यक्तिका नामहरू परिवर्तन भएको उदाहरणहरू छन्।

गुगल म्यापमा नाम परिवर्तन कसरी हुन्छ?

गुगल म्यापमा कुनै पनि प्रयोगकर्ताले लोकेसन चयन गरी “Suggest an edit” विकल्पमार्फत नाम, ठेगाना, वर्गीकरण लगायतका विवरण परिवर्तनका लागि प्रस्ताव राख्न सक्छ।

यी सुझावहरू गुगलको मूल्यांकन प्रक्रियामा जान्छन्। गुगलले कहिलेकाहीं स्वचालित रूपमा त कहिलेकाहीं स्थानीय गाइडहरू, अन्य प्रयोगकर्ता र व्यवसायीहरूको सुझाव लिएर म्यानुअल रूपमा यी प्रस्तावहरू मूल्यांकन गर्छ। यदि मूल्यांकन सफल भयो भने नाम म्यापमा अपडेट गरिन्छ।

गुगल म्यापमा नयाँ लोकेसन कसरी थपिन्छ?

त्यस्तै, कुनै प्रयोगकर्ताले नयाँ स्थान (location) थप्न चाहेको खण्डमा पनि गुगल म्यापमा “Add a missing place” भन्ने विकल्प प्रयोग गर्न सक्छन्। त्यस्ता प्रस्तावहरू पनि मूल्यांकनपछि स्वीकृत भएमा म्यापमा देखिन थाल्छन्।

धरहराको सन्दर्भमा के भयो?

dharhara
Seto Tower & Dharhara in map

हालको घटनालाई हेर्दा, सम्भवतः कसैले धरहराको वास्तविक लोकेसन एडिट नगरी त्यसको छेउमा ‘सेतो टावर’ नाममा नयाँ स्थान थपेको अनुमान गर्न सकिन्छ। प्रयोगकर्ताले ‘धरहरा’ खोज्दा सुरुमा ‘सेतो टावर’ मात्र देखिए पनि, म्यापलाई जुम इन गरेर हेर्दा धरहराको वास्तविक स्थान पनि सजिलै देख्न सकिन्छ। यसैले, यो ‘सेतो टावर’ छुट्टै लोकेसनको रुपमा थपिएको बुझ्न सकिन्छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura