Writy.
मङ्गलवार, जुलाई 22, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    पुरानो आइफोन किन्नुअघि थाहा पाउनै पर्ने ५ कुरा

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 21, 2025
    in ग्याजेट्स
    0
    पुरानो आइफोन किन्नुअघि थाहा पाउनै पर्ने ५ कुरा
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं — बजारमा नयाँ आइफोन सार्वजनिक भएलगत्तै यसको चर्चा त चुलिन्छ नै, तर त्यसको छायाँ पुराना मोडलतर्फ पनि पर्छ। आईफोन १६ को सार्वजनिक भएपछि सेकेन्ड-ह्यान्ड बजारमा आइफोन १३, १४ र १५ जस्ता मोडलको माग तीव्र बनेको थियो / छ। धेरै प्रयोगकर्ताहरू नयाँ फोनको सस्तो विकल्पको रूपमा पुराना मोडल रोज्ने गरेका छन्। तर सस्तो मूल्यमा आइफोन किन्ने नाममा ठगिने, वा कमजोर प्राविधिक स्थितिको फोन किनेर पछुताउनु पर्ने अवस्था पनि बढ्दो छ।

    जानकारवालाहरुका अनुसार सेकेन्ड-ह्यान्ड आइफोन किन्नुअघि प्रयोगकर्ताले केही महत्वपूर्ण पक्षहरूमा ध्यान नदिए त्यसले आर्थिक र प्राविधिक दुबै हिसाबले घाटा पुर्याउन सक्छ। विशेष गरी मूल्यको गिरावट, ब्याट्रीको स्थिति, सफ्टवेयर लक, कानुनी वैधता र ठगीको सम्भावनालाई हेरेर निर्णय लिनु अत्यावश्यक हुन्छ।

    You might also like

    apple m5

    बहुप्रतिक्षित एम ५ म्याकबुक प्रो आर्को वर्ष आउने !

    जुलाई 20, 2025
    iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?

    iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?

    जुलाई 18, 2025

    सबैभन्दा पहिला, पुरानो आइफोनमा ब्याट्री हेल्थ महत्त्वपूर्ण पक्ष हो। आइफोनमा ब्याट्री हेल्थ ८५ प्रतिशतभन्दा तल छ भने त्यसको प्रयोग समय छोटो हुन्छ, र चाँडै ब्याट्री फेर्नुपर्ने हुन सक्छ। धेरै प्रयोग भइसकेको फोनमा साइकल काउन्ट बढी हुन्छ, जसले परफर्मेन्समा असर पार्न सक्छ।

    दोस्रो, धेरैजसो चोरी भएका वा हराएका आइफोनहरूमा आइक्लाउड एक्टिभेसन लक खुलाइएको हुँदैन। यस्तो अवस्थामा फोन चलाउनै सकिँदैन। किन्ने बेलामा सेटअप स्क्रिनमा एप्पल आइडी मागिएको छ भने, त्यस्तो फोन किन्नुहुँदैन। पुरानो मालिकले आफ्नो एप्पल आइडी हटाइसकेको छ कि छैन भन्ने कुरा प्रष्ट हुनु जरुरी हुन्छ।

    तेस्रो कुरा, फोनको आइएमईआई नम्बर जाँच गर्नु कानुनी सुरक्षाका हिसाबले आवश्यक हुन्छ। *#०६# डायल गरेर प्राप्त हुने आइएमईआई नम्बरलाई नेपाल दूरसञ्चार प्राधिकरणको सीईआईआर पोर्टलमा भेरिफाइ गर्न सकिन्छ। चोरी वा ब्ल्याकलिस्टमा परेको फोनले नेटवर्क नपाउने सम्भावना हुन्छ।

    चौथो, रिफर्बिस्ड फोन र जिनुइन फोन छुट्याउन पनि सजगता आवश्यक छ। आइफोनको मोडल नम्बरबाट त्यसको मूल प्रकृति बुझ्न सकिन्छ। ‘एम’ बाट सुरु हुने मोडलहरू नयाँ हुन्, ‘एफ’ रिफर्बिस्ड र ‘एन’ भनेको रिप्लेसमेन्ट युनिट हो भन्ने जनाउँछ। धेरै रिफर्बिस्ड फोनहरूमा ब्याट्री, स्क्रिन वा अन्य हार्डवेयर फेरिएको हुन सक्छ, जसको दीर्घकालीन भरोसा कम हुन्छ।

    अन्ततः, बजारमा अत्यन्तै सस्तो मूल्य देखाएर प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति पनि सक्रिय छ। आइफोनको वास्तविक मूल्य भन्दा निकै कम मूल्यमा दिने भन्दै पैसा उठाउने र सम्पर्कविहीन हुने घटनाहरू बारम्बार देखिएका छन्। त्यस्ता ठगीबाट बच्नका लागि प्रयोगकर्ताले ट्रस्टेड प्लेटफर्म, भेरिफाइड सेलर वा फिजिकल मिट-अपको माध्यमबाट मात्र कारोबार गर्नुपर्छ।

    सेकेन्ड-ह्यान्ड फोन सस्तो पर्न सक्छ, तर त्यहाँ थुप्रै जोखिम लुकेका हुन्छन्। सस्तो मूल्य मात्र हेरेर होइन, त्यसको अवस्था, वैधता र प्रयोगमा आउन सक्ने समस्या बुझेरै निर्णय लिनुपर्छ ।

    यसर्थ नयाँ फोनको लोभ नभएर, सस्तोमा चल्ने आइफोन किन्ने सोच राम्रो हो। तर त्यस्तो सोचले फाइदा मात्रै होइन, सजगता नअपनाउँदा घाटा पनि दिन सक्छ।

    Tags: featured tag
    Aanchal Nepal

    Aanchal Nepal

    Related Stories

    apple m5

    बहुप्रतिक्षित एम ५ म्याकबुक प्रो आर्को वर्ष आउने !

    by Aanchal Nepal
    जुलाई 20, 2025
    0

    यसअघि मार्क गुरमनले एप्पलले सन् २०२५ को अन्त्यतिर एम५ चिपयुक्त म्याकबुक प्रो सार्वजनिक गर्ने योजना बनाएको उल्लेख गरेका थिए । तर...

    iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?

    iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?

    by Tech MaKura
    जुलाई 18, 2025
    0

    काठमाडौँ । एप्पलको बहुप्रतीक्षित स्मार्टफोन ‘आईफोन १७ प्रो’ अबको दुई महिनाभित्र सार्वजनिक हुने भएको छ । एप्पलले अघिल्लो वर्ष सार्वजनिक...

    सामसुङले गहनामै AI राख्ने तयारी गर्दै ।

    सामसुङले गहनामै AI राख्ने तयारी गर्दै ।

    by Aanchal Nepal
    जुलाई 14, 2025
    0

    "हामी यस्तो उपकरण बनाउने सोचमा छौँ जुन बोकेर हिँड्न नपरोस्, बरु शरीरमै लगाउन मिलोस्।"

    iphone 26 feature

    iPhone को नयाँ फिचर: फेसटाइममा नग्नता देखिए भिडिओ रोकिने !

    by Tech MaKura
    जुलाई 8, 2025
    0

    यो सुविधा हाल डेभलपर संस्करणमार्फत परीक्षण भइरहेको आईओएस २६ मा देखिएको हो। ‘आईडिभाइस हेल्प’ नामक एक्स (पूर्व ट्विटर) प्रयोगकर्ताले सार्वजनिक...

    Popular News

    • दाङ कृषि केन्द्रको वेबसाइट ह्याक,  टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

      दाङ कृषि केन्द्रको वेबसाइट ह्याक, टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

      0 shares
      Share 0 Tweet 0
    • भारतमा किन पाएन टेस्लाले आफ्नै समर्थकको साथ?

      0 shares
      Share 0 Tweet 0
    • ट्रम्पले किन शेयर गरे, ओबामालाई पक्राउ गरेको जस्तै देखिने एआइ भिडिओ ! (लिङ्क सहित )

      0 shares
      Share 0 Tweet 0
    • हजुरको पासवर्ड ह्याक गर्न  कति समय लाग्छ ? हेर्नुहोस्, समय तालिका !

      0 shares
      Share 0 Tweet 0
    • फिनटेक इन्डस्ट्रीमा खेतान ग्रुपको इन्ट्री, फोनपे को २०% शेयर खरिद गर्ने पक्का

      0 shares
      Share 0 Tweet 0

    Recommended

    Mark zukerberg

    एआइ दौडमा आक्रमक बन्दै मार्क जुकरवर्ग, १३ अर्व वार्षिक तलबमा आए विश्वकै चर्चित व्यक्तित्वहरू!

    2 हप्ता ago
    free advertisement ronb

     ‘फ्री’ मै व्यवसायको विज्ञापन  गरिदिदै  रुटिने (RONB), यस्ता छ्न्, शर्त ! 

    2 हप्ता ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura