काठमाडौं । पासवर्ड ह्याक गर्न कहाँ त्यति सजिलो छ र ? हामी मध्य धेरैको सोच यस्तै हुन सक्छ । अवश्य पनि प्रविधी मा सिमित पहुँच र ज्ञान राख्नेहरुको लागि कुनै पनि पासवर्ड ह्याक गर्न सजिलो छैन तर धेर ह्याकरहरुको लागि भने यो चुट्की भरको काम हुन सक्छ । यो टेकमाकुराले गरेको सतही दाबी होइन । यो दाबी हामी ले प्रख्यात साइबर सेक्युरेटी फर्म हाइभ सिस्टमले सार्वजनिक गरेको सुचनाको आधारमा गरेका हौँ । हाइभ सिस्टमले सार्वजनिक गरेको पासवर्ड टेबलका अनुसार कुन प्रकृतिका पासवर्डलाई ह्याक गर्न कति समय लाग्छ भन्ने जानकारी तलको टेबलमा प्रस्तुत गरिएको छ ।

माथि उल्लेख गरिएको टेबल माइक्रोसफ्टमा कार्यरत विज्ञ Mike Halsey ले सन्, २००७ देखि २०२५ सम्म देखिएका डाटा बृचका घटनाको अध्ययन गरी तयार पारेको हाइभ सिस्टमको दाबी रहेको छ । रिपोर्टका अनुसार ह्याकरहरुले पासवर्डलाई ह्याक गर्दा नयाँ पासवर्ड भन्दा पहिलानै ह्याक भइसकेका र साधारण पासवर्डलाई बढि प्राथमिकता दिने गर्छन् । यस्तै हालको समयमा एआइ प्रविधी ले ह्याकरहरुलाई थप सहज बनाएको पनि रिपोर्टले दाबी गरेको छ । रिपोर्टका अनुसार एआइ प्रविधी को दुरुपयोग गरेरे हाल ४६३ क्विन्टिलियन वर्षमा ह्याक हुने पासवर्ड हाल केहि क्विन्टिलियन वर्षमा ह्याक हुन सक्ने स्म्भावना रहेको छ ।