Writy.
मङ्गलवार, जुलाई 22, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    माइक्रोसफ्टले गर्‍यो सर्तकता अपनाउन आह्वान: शेयरप्वाइन्ट सर्भरमा आक्रमणको सम्भावना !

    Tech MaKura by Tech MaKura
    जुलाई 22, 2025
    in साइबर अपराध
    0
    माइक्रोसफ्टले गर्‍यो सर्तकता अपनाउन आह्वान: शेयरप्वाइन्ट सर्भरमा आक्रमणको सम्भावना !
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    You might also like

    भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

    भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

    जुलाई 22, 2025
    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक,  टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक, टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    जुलाई 22, 2025

    काठमाडौँ — विश्वव्यापी रूपमा प्रयोगमा रहेका सर्भर सफ्टवेयरमा साइबर आक्रमणको सम्भावना देखिएको भन्दै माइक्रोसफ्टले उच्च सतर्कता अपनाउन ग्राहकहरूलाई अनुरोध गरेको छ।
    माइक्रोसफ्टले एक विज्ञप्तिमार्फत आफ्ना प्रयोगकर्ताहरूलाई सर्भर सुरक्षाका लागि तुरुन्तै सुरक्षा अपडेट (सेक्युरिटी प्याच) लागू गर्न आह्वान गरेको हो। कम्पनीका अनुसार हाल यो समस्या विशेषगरी “शेयरप्वाइन्ट सर्भर” मा देखिएको हो भने, क्लाउडमा आधारित “शेयरप्वाइन्ट अनलाइन” भने सुरक्षित रहेको उल्लेख गरेको छ।
    अमेरिकी समाचार संस्था रोयटर्सका अनुसार, अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आक्रमणको विषयमा जानकारी प्राप्त गरिसकेको छ र अनुसन्धानका लागि विभिन्न सरकारी तथा निजी संस्थासँग सहकार्य गरिरहेको छ।
    ‘द वाशिङ्टन पोस्ट’ले उद्धृत गरेको विवरणअनुसार पछिल्ला केही दिनयता अज्ञात ह्याकरहरूको एक समूहले हालसालै पत्ता लागेको नयाँ कमजोरी (भल्नराबिलिटी) को फाइदा उठाउँदै अमेरिकी र अन्य देशका सरकारी तथा व्यावसायिक प्रणालीहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको छ।
    साइबर सुरक्षा विशेषज्ञहरूले यो घटनालाई ‘जिरो डे एक्स्प्लोइट’ को रूपमा परिभाषित गरेका छन् — जुन प्रकारको कमजोरी पूर्व जानकारीबिना प्रयोग गरेर आक्रमण गरिन्छ। यस्तो खालको आक्रमणबाट हाल विश्वभरका हजारौँ सर्भरहरू जोखिममा परेको उनीहरूको भनाइ छ।
    माइक्रोसफ्टले स्पष्ट पारेअनुसार उक्त कमजोरीका कारण आधिकारिक पहुँच प्राप्त व्यक्तिले समेत नेटवर्कमार्फत ‘स्पुफिङ’ प्रविधिको प्रयोग गरी ठगी वा गलत उद्देश्यले प्रणालीमा पहुँच गर्न सक्ने खतरा रहेको छ। यसमार्फत आक्रमणकारीले आफूलाई कुनै विश्वासिलो प्रयोगकर्ता वा संस्थाका रूपमा प्रस्तुत गरेर संवेदनशील डाटा चोर्न सक्ने सम्भावना रहन्छ।
    कम्पनीले ‘शेयरप्वाइन्ट सब्सक्रिप्सन एडिसन’ प्रयोगकर्ताहरूका लागि आवश्यक सुरक्षात्मक अपडेट जारी गरिसकेको छ भने सन् २०१६ र २०१९ संस्करणहरूका लागि पनि अपडेट तयारीको अन्तिम चरणमा रहेको जानकारी दिएको छ।
    यदि प्रयोगकर्ताहरूले सुझाइएको सुरक्षा अपडेट लागू गर्न सकेनन् भने, सर्भरलाई अस्थायी रूपमा इन्टरनेट जडानबाट हटाउनुपर्ने सुझाव समेत माइक्रोसफ्टले दिएको छ ।

    Tags: featured tag
    Tech MaKura

    Tech MaKura

    Related Stories

    भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

    भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

    by Tech MaKura
    जुलाई 22, 2025
    0

    गत शुक्रबार उक्त प्ल्याटफर्म ह्याक गरी सो रकम चोरी भएको हो

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक,  टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक, टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    by Tech MaKura
    जुलाई 22, 2025
    0

    काठमाडौं । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र दाङको सरकारी वेबसाइट ह्याक  भएको छ । डिकु नामक ह्याकरले उक्त...

    हजुरको पासवर्ड ह्याक गर्न  कति समय लाग्छ ? हेर्नुहोस्, समय तालिका !

    हजुरको पासवर्ड ह्याक गर्न  कति समय लाग्छ ? हेर्नुहोस्, समय तालिका !

    by Tech MaKura
    जुलाई 22, 2025
    0

    हाइभ सिस्टमले सार्वजनिक गरेको पासवर्ड टेबलका अनुसार कुन प्रकृतिका पासवर्डलाई ह्याक गर्न कति समय लाग्छ भन्ने जानकारी टेबलमा प्रस्तुत गरिएको...

    Popular News

    • एलन मस्कको अत्याधुनिक रेस्टुरेन्ट संचालनमा यि हुन्,  मुख्य ५ विशेषता ! 

      एलन मस्कको अत्याधुनिक रेस्टुरेन्ट संचालनमा यि हुन्,  मुख्य ५ विशेषता ! 

      0 shares
      Share 0 Tweet 0
    • बाढी पहिरोले कुन-कुन राजमार्ग अवरुद्द ? यसरी हेर्नुहोस्, अनलाइनबाट !

      0 shares
      Share 0 Tweet 0
    • भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

      0 shares
      Share 0 Tweet 0
    • गणितको ओलम्पियाड जितेको गुगल र ओपन एआईको दाबी

      0 shares
      Share 0 Tweet 0
    • माइक्रोसफ्टले गर्‍यो सर्तकता अपनाउन आह्वान: शेयरप्वाइन्ट सर्भरमा आक्रमणको सम्भावना !

      0 shares
      Share 0 Tweet 0

    Recommended

    १२ सक्किएर बसेका विद्यार्थी लाई आविष्कार केन्द्रले आज अनलाइन करिअर काउन्सिलिङ दिदैँ

    १२ सक्किएर बसेका विद्यार्थी लाई आविष्कार केन्द्रले आज अनलाइन करिअर काउन्सिलिङ दिदैँ

    2 महिना ago
    12GB & 8GB phones discussing

    स्मार्ट फोनको १२ जिबी RAM छैन  खास्सै काम ! किन ? 

    3 हप्ता ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura