Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

गणितको ओलम्पियाड जितेको गुगल र ओपन एआईको दाबी

आँचल नेपाल by आँचल नेपाल
जुलाई 22, 2025
0
गणितको ओलम्पियाड जितेको गुगल र ओपन एआईको दाबी
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं – गुगल र ओपनएआईका एआई मोडेलले विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (IMO) मा ऐतिहासिक सफलता प्राप्त गरेको दाबी गरेका छन्। दुबै कम्पनीका एआई प्रणालीले सो प्रतियोगितामा गोल्ड मेडल जित्न सफल भएका बताएका छन्, जुन मानवस्तरको बुद्धिमत्तासँग प्रतिस्पर्धा गर्ने प्रणाली निर्माणको दौडमा महत्त्वपूर्ण प्रगति मानिएको छ।

यस वर्ष पहिलोपटक एआई प्रणालीले उच्च माध्यमिक तहका विद्यार्थीहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता IMO मा गोल्ड मेडल जित्न आवश्यक स्कोर पार गरेका पाइएका हुन्। गुगलको डिपमाइन्ड र ओपनएआईका मोडेल दुबैले छमध्ये पाँच प्रश्न समाधान गरेको भनिएको छ। यी प्रणालीले परम्परागत गणितीय कोडिङ विधिको सट्टा प्राकृतिक भाषाको माध्यमबाट गणितीय अवधारणाहरू बुझेर तर्क प्रयोग गरी समस्या समाधान गरेका पाइएको छ।

गुगल डिपमाइन्डले IMO समितिसँग सहकार्य गरी आफ्ना मोडेलको मूल्याङ्कन र प्रमाणीकरण गराएको पाइएको  थियो। यता, ओपनएआईले भने औपचारिक रूपमा प्रतियोगितामा भाग नलिए पनि, आफ्ना मोडेलले यस वर्षका प्रश्नमा स्वर्ण पदक योग्य स्कोर प्राप्त गरेको दाबी गरेको छ। कम्पनीका अनुसार तीनजना पूर्व IMO पदक विजेताले मूल्याङ्कन गरेपछि उक्त नतिजा सार्वजनिक गरिएको हो।

ब्राउन विश्वविद्यालयका गणित प्राध्यापक तथा गुगल डिपमाइन्डका अतिथि अनुसन्धानकर्ता जुनह्युक जुंगका अनुसार, यो प्रगति देख्दा गणितका जटिल अनुसन्धान समस्याहरू समाधान गर्नका लागि एआई प्रयोग हुन अब एक वर्ष पनि नलाग्न सक्छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura