Techma Kura
बुधवार, सेप्टेम्बर 10, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

एलन मस्कको अत्याधुनिक रेस्टुरेन्ट संचालनमा यि हुन्,  मुख्य ५ विशेषता ! 

टेकमाकुरा by टेकमाकुरा
जुलाई 23, 2025
0
एलन मस्कको अत्याधुनिक रेस्टुरेन्ट संचालनमा यि हुन्,  मुख्य ५ विशेषता ! 
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । विश्व धनाड्य व्यक्ति  एलन मस्कले अत्याधुनिक रेस्टुरेन्ट ( डाइनर) संचालनमा ल्याएका छन्, । मस्कको यो फ्यूचरिस्टिक डाइनरमा बर्गर, हट डग, चिकेन विङ्सजस्ता खानाहरु पाइन्छन् भने चार्जिङका लागि ८० वटा सुपरचार्जर जडान गरिएको छ।

उक्त डाइनरमा टेस्ला कारको स्कृनबाट पनि खाना  अर्डर गर्ने मिल्ने व्यवस्था मिलाइएको छ भने  ४५ फिटको मूभी स्क्रिनको अडियो टेस्ला कारको साउन्ड सिस्टमसँग सिङ्क हुन्छ। ‘अप्टिमस’ नामको रोबोटले पपकर्न सर्व  गरेर उद्घाटन  गरिएको उक्त डाइनरलाई १९५० को अमेरिकी डाइनर शैलीमा निर्माण गरिएको जनाइएको छ ।  मस्कले सन् २०१८ मै यस डाइनरको आइडिया सार्वजनिक गरेका थिए। 

 टेस्लाका प्रमुख डिजाइनर फ्रांज वोन होल्झहौसेन र  इन्जिनियरिङ फर्म स्ट्यानटेकको सहयोगमा निर्माण भएको यस डाइनर दुई तल्ले संरचना हो, जसको तल्लो तलामा करिब ३,८०० स्क्वायर फिट क्षेत्रफलको रेस्टुरेन्ट छ भने माथिल्लो तलामा ५,५०० स्क्वायर फिटको रूफटप डाइनिङ क्षेत्र रहेको छ।

यस्ता छन्, डाइनरका ५ प्रमुख विशेषता: 

१ । रोबोट सर्भर ‘अप्टिमस’

टेस्लाको ह्युमनॉइड रोबोट ‘अप्टिमस’ यस डाइनरको मुख्य आकर्षण हो। यो रोबोटले पाहुनालाई पपकर्न सर्व गर्छ र सबैको ध्यान तान्छ।

tesla optimus popcorn

२ । ड्राइभ-इन मूभी थियटर

diner 4


डाइनरमा ४५ फिटका दुई स्क्रिनहरू छन्। टेस्ला कारभित्रै बसेर मूभी हेर्न मिल्छ, र अडियो कारको साउन्ड सिस्टमसँग सिधै सिङ्क हुन्छ।

३ । सुपरचार्जर स्टेशन

diner 1 2

यहाँ ८० वटा व्४ सुपरचार्जर स्टलहरू छन्। यी चार्जर केवल टेस्लाका लागि नभएर, तर सबै NACS-कम्प्याटिबल इलेक्ट्रिक गाडीहरूको लागि खुला छन्।

४. खाना र मेनु

diner 3


मेनुमा , हट डग, चिकेन विङ्स, र ह्याण्ड-स्पन मिल्कशेक जस्ता क्लासिक अमेरिकी खाना समावेश छन्। खाना साइबरट्रक-थीमको बाकसमा सर्व गरिन्छ। प्रसिद्ध शेफ एरिक ग्रीनस्प्यानले तयार पारेको मेनुमा “टेस्ला बर्गर विद इलेक्ट्रिक सस” र “सुपरचार्जर शेक” जस्ता विशेष आइटम छन्। टेस्ला कारको टचस्क्रिनबाटै यि खाना अर्डर गर्न सकिन्छ।

५ । २४/७ सञ्चालन

यो डाइनर दिन–रात, हप्ता भरि खुला हुन्छ। यहाँ टेस्ला ब्राण्डेड सामानहरू पनि पाइन्छन्—जस्तै क्याप, टीशर्ट, र ‘अप्टिमस’ रोबोटको मोडलहरु।

एलन मस्कले यो डाइनर  सफल भएमा टेस्लाले यस्तो अनुभव दिने अरू धेरै डाइनरहरू विश्वका प्रमुख शहरहरू र लामा दूरीका चार्जिङ साइटहरूमा खोल्ने समेत जनाएका छन्, ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

इन्टरनेट

प्रधान सेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्ने ।

सेप्टेम्बर 9, 2025
इन्टरनेट

प्रधानमन्त्री ओलीको निवास बालकोटमा आगजनी !

सेप्टेम्बर 9, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

damange in house
सोसल मिडिया

नेताहरुको निवास तिर लक्षित भए प्रदर्शनकारीहरु क-कसको घरमा भयो तोडफोड !

सेप्टेम्बर 9, 2025
बालेनले दिए केपी ओलीलाई आतंकवादिको संज्ञा
Featured Post

बालेनले दिए केपी ओलीलाई आतंकवादिको संज्ञा

सेप्टेम्बर 9, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura