Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

जब एआई जडित ह्युमानॉइड रोबोट रिसले चुर भयो

आँचल नेपाल by आँचल नेपाल
जुलाई 24, 2025
0
५ जी सुरु गर्न प्रविधि मन्त्रीको निर्देशन
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं — हालै एआई जडित ह्युमानॉइड रोबोट DeREK को एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। सार्वजनिक भएको भिडियामा रोबोट क्रेनबाट झुण्डिएर अनियन्त्रित रूपमा हल्लिदै गरेको देख्न सकिन्छ। भिडियोमा सो एआई जडित ह्युमानॉइड रोबोटले उपकरणहरू खसाल्नुको साथ साथै क्रेन नै ढालेर बिगारेको समेत देख्न सकिन्छ।

सफ्टवेयर बग इन्जिनियरहरूका अनुसार यो अनियन्त्रित गतिविधि सफ्टवेयरको त्रुटिका कारण भएको बताएका छन्। DeREK को सम्पूर्ण शरीर नियन्त्रण प्रणाली सक्रिय भएको बेला उसका खुट्टा जमिनमा नलागेका कारण यसको सन्तुलन प्रणाली फिडब्याक लूपमा फसेको थियो। त्यसको परिणामस्वरूप यस्तो अनियन्त्रित र आक्रामक गतिबिधि देखियो, जुन मानौं रोबोटको आवेग जस्तै थियो। यस घटनाले रोबोटलाई दिर्घकालीन रूपमा हानि भने नपुर्याएको बताइएको छ।

विज्ञहरूका अनुसार यो कुनै एआई बिग्रिएको क्षण होइन, सामान्य प्रोग्रामिङ त्रुटि मात्र हो। यस्ता रोबोटहरूलाई जनजीवनमा छोड्नुअघि कडा परीक्षण आवश्यक रहेकोमा पनि उनीहरूले जोड दिएका छन्।

सामाजिक सञ्जालमा यस घटना सम्बन्धी मजाकदेखि लिएर सुरक्षाबारे गम्भीर चिन्तासम्मका विषय उठिरहेका छन्। एआई प्रविधि जडित ह्युमानॉइड रोबोटले आफैंलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेपछि, यसले मानिसहरूलाई समेत क्षति पुर्‍याउने हो कि? भन्ने जस्ता गम्भीर प्रश्नहरू उठिरहेका छन्। यो विषयमा हाल विश्वभर गम्भीर बहस चलिरहेको छ, जहाँ यस्ता उन्नत रोबोटहरूले मानव जीवनमा पार्न सक्ने सम्भावित क्षतिबारे मानिसहरूले चिन्ता व्यक्त गरिरहेका छन्।

 यस घटनाको बावजुद, DeREK जस्ता रोबोटहरूले कारखाना, स्वास्थ्य सेवा र मनोरञ्जन क्षेत्रहरूमा ठूलो सम्भावना राख्ने अधिकांश विशेषज्ञहरूको मत रहेको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura