Techma Kura
बुधवार, सेप्टेम्बर 10, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

एलन मस्कको टेस्लाको ओरालो गति , नयाँ रणनितिले घटाउला त क्षति ?

टेकमाकुरा by टेकमाकुरा
जुलाई 25, 2025
0
एलन मस्कको टेस्लाको ओरालो गति , नयाँ रणनितिले घटाउला त क्षति ?
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं ।  विश्व धनाड्य व्यक्ति  एलन मस्कको टेस्लाले यतिबेला द्रुत गतिमा ओरालो यात्रा तय गरिरहेको छ । रिपोर्टका अनुसार  पछिल्लो आर्थिक सत्रमा टेस्लाको बिक्री मा १२ प्रतिशतले गिरावट आएको छ भने  कुल नाफा पनि १६ प्रतिशतले घटेको छ ।  पछिल्लो एक दशकमा टेस्लाले व्यहोरेको यो सबै भन्दा ठुलो आर्थिक  नोक्सानी हो । जसका कारण हाल टेस्ला बजारमा आफ्नो पकडलाई पुर्नस्थापित गर्ने रणनिती लिएर अगाडि बढेको  रिपोर्टहरु सार्वजनिक भएका छन्, । जसको ज्वलन्त उदाहरणको रुपमा टेस्लाले हालै अगाडि सारेको  टेस्लाले सस्तो कार बनाउने रणनीतिलाई लिन सकिन्छ ।    कम्पनीले लगानीकर्ताहरूलाई जानकारी दिँदै जुन महिनामा अझ सस्तो मोडेलको पहिलो निर्माण सुरु गरिएको बताएको छ। त्यसैगरी, टेस्लाले आफ्नो सेल्फ-ड्राइभिङ सफ्टवेयरलाई युरोपेली बजारमा प्रयोगका लागि स्वीकृति लिन प्रक्रिया सुरु गरेको छ। गत बुधबार लगानीकर्तासँगको छलफलमा मस्कले युरोपमा टेस्लाको बिक्री वृद्धि हुने आशा व्यक्त गरेका छन्। ग्राहकहरुलाई कम्पनीको सेल्फ-ड्राइभिङ्ग सफ्टवेयर प्रयोग गर्न अनुमति दिइए बिक्री बढ्ने मस्कको विश्वास रहेको छ।यधप्पी मस्कको यो रणनिति कत्तिको उपलब्धी मुलक होला भन्ने आँकलन गर्नको लागि हामी ले टेस्लाको वर्तमान अधोगतिको यात्रा कसरी सुरु भयो भन्ने बारे बुझ्नु आवश्यक हुन्छ ।  

कम्पनी किन खस्कियो ?

१) गाडीको महँगो मूल्य:

टेस्लाका गाडीहरू प्रविधिमैत्री र उन्नत भए पनि अत्यधिक महँगो भएको प्रयोगकर्ताहरूको भनाइ छ। BYD जस्ता सस्ता र गुणस्तरीय विद्युतीय गाडीहरू बजारमा आएपछि   मूल्य र सुविधाको सन्तुलन खोज्ने उपभोक्ताका लागि चिनियाँ गाडीहरू बढी उपयुक्त विकल्प बने।  जसका कारण टेस्लाले अपेक्षित बजार पाउन नसकेको जानकारवालाहरु बताउँछन् ।  

२) कमसल कस्टमर  सर्भिस :

टेस्लाको एक प्रमुख समस्या भनेको कमसल कस्टमर  सर्भिस हो। टेस्लाले गाडी डेलिभरी गर्नमा लामो समय लगाउने, बुकिङ गरेपछि वर्षौँ कुर्नुपर्ने  जस्ता समस्याका कारण टेस्ला प्रतिको आकर्षण हराउँदै गएको पनि अनुमान गर्न सकिने अवस्था रहेको छ ।  ।

३) एलन मस्कको ट्रम्पसँगको राजनीतिक विवाद

एलन मस्क र ट्रम्पबीचको सम्बन्धले पनि टेस्लामा नकरात्मक असर परेको बुझ्न सकिन्छ ।  । यसले लगानीकर्ताहरूको विश्वासमा असर पुर्‍याएको मात्र नभई कम्पनीको आर्थिक प्रदर्शनमा समेत प्रभाव परेको विश्लेषकहरूले बताएका छन्।

४  ) अमेरिकी सरकारले विद्युतीय गाडीका लागि दिँदै आएको अनुदान कटौती

अमेरिकी सरकारले पहिले विद्युतीय गाडी खरीद गर्दा ग्राहकलाई आर्थिक अनुदान (ट्याक्स क्रेडिट) उपलब्ध गराइरहेको थियो। यसले ग्राहकहरूलाई टेस्ला जस्ता महँगा इलेक्ट्रिक कारहरू खरीद गर्न सजिलो बनाउँथ्यो। तर हालै सरकारले यो अनुदान रकममा कटौती गरेको छ वा नीति कडा बनाएको छ, जसले गर्दा ग्राहकहरूले विद्युतीय गाडी खरीद गर्दा कम आर्थिक लाभ पाउन थालेका छन्। अनुदान कटौती भएपछि टेस्लाका गाडीहरूको कुल मूल्य ग्राहकको लागि अझ महँगो महसुस हुन थाल्यो। यसले बिक्रीमा प्रत्यक्ष प्रभाव पर्न गयो ।  

५ ) चिनियाँ  उत्पादकहरूसँगको तीव्र प्रतिस्पर्धा

चीनका  BYD, Nio, XPeng जस्ता   विद्युतीय गाडी निर्माता कम्पनीहरूले  गुणस्तरीय र किफायती विद्युतीय गाडीहरू बजारमा ल्याइरहेका छन्। यसले ग टेस्ला, जुन धेरै वर्षसम्म विश्वको अग्रणी विद्युतीय गाडी निर्माता मानिन्थ्यो, त्यसको बजार हिस्सा कम हुँदै गएको छ। विशेष गरी एशियाली र युरोपेली बजारहरूमा चिनियाँ गाडीहरूले राम्रो पकड जमाउँदै छन्। चीनले आफ्नो घरेलु कम्पनीहरूलाई धेरै प्रोत्साहन र समर्थन पनि दिइरहेको छ, जसले तिनीहरूको प्रतिस्पर्धात्मक क्षमतामा थप वृद्धि गरेको छ।

यस किसिमका समस्याको समाधान उपाय नखोजेसम्म टेस्लाको बजार पुर्नस्थापित हुने सम्भावना चुनौती पूर्ण रहेको अनुमान गर्न सकिन्छ ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
EV car myth
इभी

५ – ८ वर्षमा EV को ब्याट्री काम नलाग्ने हुन्छ ? के भन्छ अध्ययन ?

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

इन्टरनेट

बिना कुनै कानुनी प्रकृया जेलबाट निस्केको भन्दै रवि लामिछानेको सर्वत्र बिरोध, सेनाले सुरक्षा कमाण्ड सम्हालेपछि पनि आत्मसमर्पणको छैन कुनै सुरसार !

सेप्टेम्बर 10, 2025
इन्टरनेट

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

सेप्टेम्बर 10, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura