Writy.
बुधवार, अगस्ट 6, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    विद्यार्थीका लागि ChatGPT बाहेकका उपयोगी एआई टुल्स

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 29, 2025
    in एआइ, टिप्स एण्ड ट्रिक्स
    0
    विद्यार्थीका लागि ChatGPT बाहेकका उपयोगी एआई टुल्स
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । आजको डिजिटल युगमा एआई टुलहरूको प्रयोग शिक्षा क्षेत्रमा निकै तीव्र गतिमा बढ्दो छ। तर धेरैजसो विद्यार्थीहरू अझै पनि एआई भन्नासाथ ChatGPT मात्र प्रयोग गर्नमा सीमित छन्। यद्यपि, ChatGPT बाहेकका पनि धेरै एआई टुलहरू छन्, जसले विद्यार्थीहरूको दैनिक अध्ययन, अनुसन्धान र परियोजनागत कार्यहरूलाई झनै सजिलो, व्यवस्थित र प्रभावकारी बनाउन मदत गर्छन्।

    निम्न तीन एआई टुलहरू विद्यार्थीहरूका लागि विशेष उपयोगी छन्:

    १) Gamma.app — सजिलो र स्मार्ट प्रेजेन्टेशन तयार गर्ने एआई

    आजको समयमा विद्यालयदेखि कलेज र कार्यालयसम्म प्रेजेन्टेशन अनिवार्य भइसकेको छ। तर, डिजाइन तयार पार्ने र कन्टेन्ट खोजेर मिलाउने काम झन्झटिलो र समय खर्चिलो हुन्छ।

    यो एआई टुलले डिजाइनसहित पूर्ण कन्टेन्ट भएको प्रेजेन्टेशन निःशुल्क तयार गरिदिन्छ। साथै, प्रयोगकर्ताले कुनै पनि स्लाइड सजिलै एडिट गर्न सक्नेछन् — कन्टेन्ट हटाउन, मिलाउन वा थप्न सहजै सकिन्छ।

    २) Perplexity AI — अनुसन्धानका लागि भरपर्दो सहायक

    Perplexity AI  एक प्रभावकारी अनुसन्धान एआई टुल हो। यसले प्रयोगकर्तालाई हालको समयको, भरपर्दो र सन्दर्भसहितको जानकारी दिन्छ।

    यो त ChatGPT ले पनि गर्छ नि!” भन्न सकिन्छ। तर मुख्य अन्तर के छ भने, ChatGPT ले आफ्नो पहिल्यैको ज्ञानमा आधारित भएर जवाफ दिन्छ र वेब सर्च गर्दैन। ChatGPT ले आफ्नो GPT-4 Plus संस्करणमा मात्र वेब सर्च गर्न सक्छ। तर Perplexity AI ले भने इन्टरनेट सर्च गरेर, स्रोतसहित, छोटकरीमा र प्रष्ट उत्तर दिन्छ, जुन विशेष गरी अनुसन्धान र डेटा-आधारित अध्ययनका लागि अत्यन्त उपयोगी हुन्छ।

    ३) Notion AI — सम्पूर्ण शैक्षिक व्यवस्थापनको स्मार्ट समाधान

    Notion AI, knowledge management एआई हो। विद्यार्थीका लागि यो एउटा सम्पूर्ण व्यवस्थापन प्लेटफर्म हो, जसले दैनिक कार्यदेखि दीर्घकालीन परियोजनासम्म सजिलै सम्हाल्न सहयोग गर्छ।

    यस टुलमार्फत प्रयोगकर्ताहरूले निम्न कार्यहरू सहज रूपमा गर्न सक्नेछन्:

    • असाइनमेन्टहरू तथा ग्रुप प्रोजेक्टहरूको कार्यस्थिति (work status) व्यवस्थापन गर्न,
    • रिसर्च पेपरहरू योजनाबद्ध ढंगले तयार गर्न,
    • समूहगत प्रोजेक्टमा कार्यविभाजन, सदस्यहरूको सम्पर्क विवरण तथा बैठक तालिका व्यवस्था गर्न,
    • शैक्षिक इभेन्टहरूको आयोजना तथा आवश्यक स्रोतहरूको व्यवस्थापन गर्न।

    यसले विद्यार्थीहरूलाई अध्ययनमा मात्र नभई, सम्पूर्ण शैक्षिक जीवनलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी रूपमा अगाडि बढाउन मदत गर्छ।

    एआई टुलको सही र प्रभावकारी प्रयोगले विद्यार्थीहरूको समय, प्रयास र स्रोतको उत्कृष्ट सदुपयोग गर्न सकिन्छ। ChatGPT सँगै, माथि उल्लेखित टुलहरू — Gamma.app, Perplexity AI र Notion AI — विद्यार्थीका लागि बहुपयोगी डिजिटल सहायक बन्न सक्छन्।

    Related Stories

    Doctors being concerned about gemini

    गुगलको हेल्थकेयर एआई ‘Med-Gemini’ मा गम्भीर त्रुटि, चिकित्सा क्षेत्रमा ल्यायो ठूलो विवाद

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0

    गुगलको नयाँ हेल्थकेयर एआई ‘Med-Gemini’ मा आएको गल्तीले चिकित्सा क्षेत्रमा ठूलो विवाद सिर्जना भएको छ। मस्तिष्कको स्क्यान जाँच्दा यसले ‘basilar...

    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    क्लाउडफ्लेयरले लगायो पर्प्लेक्सिटीमाथि अवैध डेटा सङ्कलनको आरोप 

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0

    क्लाउडफ्लेयरले एआई कम्पनी पर्प्लेक्सिटीमाथि हजारौँ वेबसाइटहरूले स्पष्ट रूपमा लगाएका crawling प्रतिबन्धहरू उल्लंघन गरी अवैध रूपमा डेटा सङ्कलन गरेको आरोप लगाएको...

    danush ai climax

    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0

    बलिउड अभिनेता धनुषले आफ्नो २०१३ मा रिलिज भएको सांस्कृतिक लोकप्रिय चलचित्र रांझणा  को नयाँ एआई-सँशोधित क्लाइम्याक्समा आफ्नो असन्तुष्टि व्यक्त गरेका...

    Apple Ai

    च्याटजीपीटी जस्तै एआई एप बनाउने एप्पलको नयाँ प्रयास

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0

    पएप्पलले answer engine निर्माण गर्न एक नयाँ  टीम गठन गरेको छ । ब्लूमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार, यो टीमले च्याटजीपीटी जस्तो...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    गणितको ओलम्पियाड जितेको गुगल र ओपन एआईको दाबी

    गणितको ओलम्पियाड जितेको गुगल र ओपन एआईको दाबी

    2 हप्ता ago
    भारतले किन  लगायो २५ ओटीटी प्लेटफर्महरूमाथि प्रतिबन्ध?

    भारतले किन लगायो २५ ओटीटी प्लेटफर्महरूमाथि प्रतिबन्ध?

    2 हप्ता ago

    गुगलको हेल्थकेयर एआई ‘Med-Gemini’ मा गम्भीर त्रुटि, चिकित्सा क्षेत्रमा ल्यायो ठूलो विवाद

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    Doctors being concerned about gemini

    गुगलको नयाँ हेल्थकेयर एआई ‘Med-Gemini’ मा आएको गल्तीले चिकित्सा क्षेत्रमा ठूलो विवाद सिर्जना भएको छ। मस्तिष्कको स्क्यान जाँच्दा यसले ‘basilar...

    Read moreDetails

    क्लाउडफ्लेयरले लगायो पर्प्लेक्सिटीमाथि अवैध डेटा सङ्कलनको आरोप 

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    क्लाउडफ्लेयरले एआई कम्पनी पर्प्लेक्सिटीमाथि हजारौँ वेबसाइटहरूले स्पष्ट रूपमा लगाएका crawling प्रतिबन्धहरू उल्लंघन गरी अवैध रूपमा डेटा सङ्कलन गरेको आरोप लगाएको...

    Read moreDetails

    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    danush ai climax

    बलिउड अभिनेता धनुषले आफ्नो २०१३ मा रिलिज भएको सांस्कृतिक लोकप्रिय चलचित्र रांझणा  को नयाँ एआई-सँशोधित क्लाइम्याक्समा आफ्नो असन्तुष्टि व्यक्त गरेका...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura