Writy.
आइतवार, अगस्ट 10, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

फ्री  वाइफाइमा प्राधिकरणको नजर , जथाभाबी संचालन नगर्न  आईएसपीलाई चेतावनी 

Tech MaKura by Tech MaKura
जुलाई 28, 2025
0
nta warns isps against free wifi hotspots in nepal
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जथाभाबी वाई-फाई हटस्पट सञ्चालन नगर्न इन्टरनेट सेवा प्रदायकहरूलाई चेतावनी दिएको छ । प्राधिकरणले आइतबार एक  विज्ञप्ती  जारी गर्दै हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधानविपरीत  वाई-फाई हटस्पट संचालन गरिरहेका  सेवा प्रदायकलाई यसो नगर्न चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवाको अनुमति पाएका सेवा प्रदायकहरूले मात्रै वाई-फाईको माध्यमबाट सिमलेस कनेक्टिभिटीरोमिङमोबिलिटी (Seamless Connectivity/ Roaming/ Mobility) प्रदान गर्न सक्ने व्यवस्था रहेको छ । यस बाहेकका सेवा प्रदायकले विनियमावलीको विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधिभित्र वाई-फाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ भने  विनियम ५ (१) अनुसार एक पटकको लग-इनबाट निश्चित समयावधि वा मात्राका लागि वाई-फाई हटस्पट सेवा प्रयोग गर्न सक्ने व्यवस्था छ ।  इन्टरनेट सेवा प्रदायकले यि शर्तहरु उल्लङ्घन गरेको प्राधिकरणको बुझाइ रहेको छ ।   

यस बाहेक प्राधिकरणले वाई-फाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८० को दफा ७ ।४, अनुसूची ४ बमोजिम पावर लिमिट, ब्याकहलब्याकबोन रेस्ट्रिक्सन (पोवेर लिमित्, ब्याकहौल ब्याकबोने रेस्टरिक्सन) लगायतका शर्तहरू अनिवार्य पालना गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । शर्तहरू पालना गरेर प्राधिकरणबाट टाइप-एप्रुभल भएका रेडियो उपकरणहरू मात्र प्रयोग गर्न समेत प्राधिकरणले निर्देशन दिएको छ ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Turkey taylay aero flight
इन्टरनेट

Turkey को SOLID Aero कम्पनीले विकास गरेको नयाँ ‘TALAY’ ड्रोन सार्वजनिक

अगस्ट 8, 2025
azgar ali
इन्टरनेट

असगर अलीको निःशुल्क IT करियर सेसन: प्राविधिक क्षेत्रमा प्रवेश गर्ने युवाका लागि सुनौलो अवसर

अगस्ट 8, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

earbuds
ग्याजेट्स

किन्ने हैन त रकको रु. ३,५९९ पर्ने Earbuds रु. ८८८ मै

अगस्ट 8, 2025
Youtube audio download
टिप्स एण्ड ट्रिक्स

युट्युब भिडियोको अडियो डाउनलोड गर्न सकिने ३ सजिलो वेब एप्स

अगस्ट 8, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura