काठमाडौं ।तपाईंको मोबाइल दिनभरि/रातभरी चार्जमा राख्दा पनि बेलुकासम्म ‘लो ब्याट्री’ देखाउँछ? यस्तो देख्दा , फोनले “माफ गर्नुहोस् मालिक, म सकिएँ!” भनेर गुहारिरहेको जस्तो नै पो अनुभव हुन्छ कि ? तर के साँच्चै फोनको मिती पुगेर यस्तो भएको होला कि ब्याट्री लाईफ कायम राख्ने हाम्रो ढंग नपुगेर यस्तो भएको होला त ?
विचार गर्नुहोला, गलत चार्जिङ बानीहरूका कारण तपाईको फोनको आयु नै घट्न सक्छ । यस कारण यो लेखमा हामी तपाईको मोबाइलको ब्याट्री बचाउने केहि उपायोगी तरिकाबारे बताउन गइरहेका छौँ ।
ब्याट्री छिटो सकिने केहि प्रमुख कारणहरू:
- १. स्क्रिन ब्राइटनेस ‘घाम जस्तै’चम्किलो राख्ने बानी
- उज्यालो यति धेरै कि फोन हेर्नुको सट्टा चस्मा खोज्नुपर्ने अवस्था!यसले ब्याट्री को खपत बढी गराउँछ ।
- २. ब्लुटुथ, वाइफाइ र GPS कहिल्यै अफ नगर्ने
- तपाईं भान्सामा हुनुहुन्छ, तर फोन चाहिँ वाइफाइ सिग्नल खोज्दै शहरी सफर गरिरहेको हुन्छ। यी फीचरहरू अन छ भने ब्याट्रीलाई त फिटनेस ट्रेनिङ जस्तै हो।
- ३. ब्याकग्राउन्डमा थुप्रै एपहरू चलिरहने
- फेसबुक, टिकटक, इन्स्टाग्राम खोलेपछि बन्द नगर्ने बानी । ती सबै ब्याट्रीका लागि हानिकारक हुन्छन्। चलिरहन्छन्, ब्याट्री चुसिरहन्छन्।
- ४. नटिफिकेशनको ओइरो
- “Flash Sale!”, “Your Crush just posted a Story!”, “Breaking News!” — स्क्रिन पलपलमा अन, ब्याट्री पलपलमा डाउन।
- ५. फोन चार्जमा राखेर PUBG खेल्ने चलन
- चार्ज गर्दै फोन चलाउनु भनेको बाइकमा पेट्रोल हाल्दै रेस ट्र्याकमा दौडाउनुजस्तै हो।
- ६. रातभर फोन चार्जमा राख्ने बानी
- फोनलाई घाँटीमा झुण्ड्याएजस्तो रातभर चार्जमा राख्नुले ब्याट्रीको उमेर घटाउँछ। भोक लागेको छ भनेर हामी रातभर खाना खादै बस्देनौ नि है ? अनि मोबाइल बाबुरोलाई चाहिँ किन यो अत्याचार ?
- मोबाइल ब्याट्री लाइफ बढाउने सरल उपायहरू
- स्क्रिनको ब्राइटनेसलाई ‘Auto’ मा राख्नुहोस्, आँखा पनि बच्छ, ब्याट्री पनि।
- GPS, Wi-Fi, Bluetooth अनावश्यक भएमा तुरुन्तै अफ गर्नुहोस्।
- Battery Saver मोड प्रयोग गर्नुहोस् – Android र iPhone दुबैमा सजिलै पाइन्छ।
- Setting → Battery मा गएर कुन एप कति ब्याट्री खपत गर्दैछ हेरेर अनावश्यक ब्याकग्राउन्ड एपहरू बन्द गर्नुहोस्।
- चार्ज गर्दै फोन चलाउनु हुँदैन – चार्जको समय उसलाई ‘आराम’ दिने समय हो।
- राति सुत्नु अघि चार्जरबाट फोन निकाल्न नबिर्सनुहोस्।
- सस्तो गुणस्तरहिन चार्जर नचलाउनुहोस् – सस्तोले तपाईको महँगो फोन बिगार्न सक्छ।
- निष्कर्ष
- यसर्थ फोनको ब्याट्री दिनभर टिक्दैन भनेर रिसाउने बानी अब फेरौं। दोष फोनको मात्रै होइन, हाम्रो व्यवहारको पनि हुनसक्छ । । सही बानी अपनाउने हो भने ब्याट्रीको आयु सजिलै बढाउन सकिन्छ।त्यसैले
- अबदेखि जब फोन ‘Low Battery’ भन्दै कराउँछ, तपाईंले भन्न सक्नु पर्छ – “म त अब सुधारिएको मालिक हुँ!” अनि फोनले पनि मुस्कुराउँदै भन्नेछ –
- अब म पनि हजुरलाई लामो समय साथ दिन सक्छु!