काठमाडौं । युटुबले आफ्नो प्रोफेनिटि (गाली , अश्लील, वा अपमानजनक शब्दहरू) सँग सम्बन्धित नियमलाई परिमर्जन गर्दै यस किसिमका शब्द प्रयोग भएका भिडिओहरुले पनि अन्य भिडिओसरी पैसा कमाउन सक्ने बाटो खुल्ला गरिदिएको छ । परिमार्जित निती अनुसार अब सुरुको सात सेकेन्डमा गाली गलौज तथा अपात्तिजनक शब्दहरु प्रयोग भए पनि उक्त भिडिओहरुको एड रेभिन्युमा कुनै समस्या हुने छैन । युटुब मोनिटाइजेसन विभागका प्रमुख “Conor Kavanagh” का अनुसार पुराना नियमहरू टेलिभिजनजस्तै हुने गरी बनाइएका थिए — जहाँ गालीगलौज आएको सन्दर्भपछि तुरुन्तै विज्ञापन देखाइँदैनथ्यो।तर अहिले विज्ञापनदाताहरूको अपेक्षा परिवर्तन भएको कारण यो परिवर्तन गरिएको हो ।
के थियो पुरानो नियम :
नोभेम्बर २०२२ सम्म यदि सामग्री निर्माता (creators) ले भिडियोको सुरुको ८ देखि १५ सेकेन्डभित्र गाली (swear words) प्रयोग गरेको खण्डमा त्यस्ता भिडियोहरूले विज्ञापनबाट आम्दानी गर्न पाउँदैनथे। तर यो नियमलाई लिएर धेरै गुनासोहरू आएपछि, मार्च २०२३ मा योउटुबे ले नियम परिवर्तन गर्यो र यस्ता भिडिओ हरुले सिमित मात्रामा आम्दनी गर्ने प्रावधान अगाडी सारियो । हाल त्यो सिमिततालाई पूर्ण रुपमा हटाइएको हो भन्न सकिन्छ ।
तर creators हरुले भिडिओको टाइटल, थमनेल वा भोडिओको अधिकांस अंशमा यस किसिमका शब्द मात्र प्रयोग गरेको अवस्थामा भने अझै पनि युटुबले सिमित मात्रामा मात्र एड रेभिन्यु प्रदान गर्न सक्ने जनाइएको छ ।