काठमाडौं । नेपाल प्रहरीको Domain/Sub Domain (तेस्रो पक्षको सेवाहरु बाहेक) बाट सर्वसाधारणहरुलाई अनलाइन मार्फत प्रदान भइरहेको विभिन्न सेवाहरू नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत फेरी Zero Balance मा समेत निःशुल्क उपयोग गर्न सकिने भएको छ ।
नेपाल प्रहरीको अधिनमा रहेको नेपाल प्रहरीको आधिकारिक वेबसाइट www.nepalpolice.gov.np, अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली opcr.nepalpolice.gov.np , हराएका कागजत सम्बधित आवेदन lvims.nepalpolice.gov.np र अनलाइन भर्ना छनौट प्रणाली careers.nepalpolice.gov.np बाट प्रदान हुँदै आएका सेवाहरु पूर्ण रुपमा निशुल्क रहेको र NTC वा NCELL का प्रयोगकर्ताहरुले फोनमा ब्यालेन्स नभएको अवस्थामा पनि प्रायोग गर्न सक्ने नेपाल प्रहरीले सुचना मार्फत जानकारी गराएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्र.ना.म. नि विनोद घिमिरेले टेकमा कुरालाई जानकारी गराए अनुसार प्रहरी र सेवा प्रदायकको साझेदारीमा यो सेवा पहिला देखिनै उपलब्ध थियो । यधप्पी केहि प्राविधिक समस्याले बिचमा डेटा मार्फत पैसा काटिएको गुनासो आएको थियो । हाल भने सो समस्या पूर्णरुपमा समाधान भएको छ ।