विश्वप्रसिद्ध म्यागजिन “Vogue” ले आफ्नो अगस्ट महिनाको संस्करणमा पहिलोपटक एआईद्वारा सिर्जना गरिएको मोडल प्रस्तुत गरेको छ। उक्त मोडल केवल आकर्षक र स्टाइलिश मात्रै नभई साँच्चिकै मानिस जस्तै देखिन्छ।
Guess ब्राण्डको विज्ञापनमा देखाइएको यो AI Generated मोडलले स्ट्राइप्ड म्याक्सी ड्रेस र फूल प्रिन्टको प्लेसुट प्रदर्शन गरेकी छन्। विज्ञापनको एक कोर्नरमा सानो प्रिन्टमा, उक्त मोडल एआई प्रयोग गरेर सिर्जना गरिएको हो भनेर खुलाइएको छ।
Vogue ले यसलाई आफ्नो सम्पादकीय निर्णय नभएको स्पष्ट परेको छ। तर यो पहिलो पटक हो जब कुनै AI-निर्मित मोडल पत्रिकाको मुख्य पृष्ठ वा प्रमुख विज्ञापनमा समावेश गरिएको छ।
यस कदमले सामाजिक सञ्जाल र फेशन उद्योगमा ठूलो विवाद उत्पन्न गरेको छ। धेरैले यसले वास्तविक मोडलहरूको संघर्ष र विविधता प्रवर्द्धनको प्रयासलाई कमजोर पार्ने चिन्ता व्यक्त गरेका छन्। विशेषगरी प्रिडिफाइन्ड र अनरियलिस्टिक सौन्दर्य मापदण्डहरू बढ्ने सम्भावनाले युवाहरूको मनोवैज्ञानमा नकारात्मक
असर पर्ने विषयमा पनि बहस चलिरहेको छ।