काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्दा ६१.१७% विद्यार्थी उतीर्ण भएका छन्। अघिल्लो वर्षको ५२.०९% सँग तुलना गर्दा यस वर्षको नतिजा ९% ले सुधारिएको हो।
अनुसार, देशभरबाट ५,११,५२५ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३,९५,००० र आंशिकतर्फ १,१५,००० जना थिए। उतीर्ण भएका विद्यार्थीको संख्या ३,१२,९०६ छ। बाँकी ३८.८३% अर्थात् करिब दुई लाख ननग्रेड (फेल) भएका छन्।
बोर्डका अध्यक्ष महाश्रम अधिकारीले नतिजामा आएको सुधारलाई विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक प्रयासको परिणाम भनेका छन्।
देशभर ५,२०२ विद्यालय र १,५९१ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो। जापानस्थित एभरेस्ट स्कूलका विद्यार्थीसमेत सहभागी भएको बोर्डले जनाएको छ।
शिक्षाविद्हरूले यसलाई सुधारको संकेत माने पनि स्थायी परिवर्तनका लागि शैक्षिक नीतिमा अझ गहिरो सुधार आवश्यक रहेको बताएका छन्।