Writy.
सोमवार, अगस्ट 11, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

सोसल मिडियाको शक्ति: ग्राहकको एक ट्वीटमै मस्कले तिरे ४० लाखको क्षतिपुर्ती !

Tech MaKura by Tech MaKura
अगस्ट 11, 2025
0
Tesla complain in X

Tesla complain in X

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। अमेरिकामा एक टेस्ला मालिकले सामान्य ग्राहक सेवा च्यानलमार्फत समस्या समाधान गर्न नसकेपछि सोसल मिडियाको सहारा लिए, र अन्ततः टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कको प्रत्यक्ष प्रतिक्रियापछि एकै दिनमा समाधान पाएको घटना चर्चामा आएको छ।

२०२५ अगस्ट ४ मा, जेसिका टेट्राउले ‘एक्स’ (X) मा पोस्ट गर्दै आफ्नो टेस्लाको ब्याट्री सिल बिग्रिएको र त्यो पार्ट्स कम्पनीको रिकल (Recall) सूचीमा परेकाले नि:शुल्क मर्मतको हकदार भए पनि, टेस्ला इन्स्योरेन्सले खर्च बेहोर्न नमानेको बताइन्। टेस्ला सर्भिस विभागले पनि जिम्मेवारी लिन अस्वीकार गरेपछि उनलाई ३०,००० अमेरिकी डलरको बिल दिइएको थियो, जुन केही दिनमै तिर्नुपर्ने अवस्था थियो।

निराश भएकी टेट्राउले आफ्ना फलोअरहरूलाई टेस्ला व्यवस्थापनमा सम्पर्क हुने कोही छन् कि भनेर सोधिन्। केही घण्टामै टेस्लाका CEO एलोन मस्कले प्रत्यक्ष जवाफ दिँदै “जाँच गर्छु” भने। त्यसको भोलिपल्ट टेस्लाका वरिष्ठ अधिकारी तथा बिक्री र सर्भिस प्रमुख राज जेगन्नाथनले ‘एक्स’ (X)मै प्रतिक्रिया दिँदै, “भोलि तपाईंको गाडी तयार हुनेछ” भने।

टेट्राउका अनुसार, उनले यसअघि आधिकारिक सेवा च्यानलमार्फत धेरै प्रयास गरेकी थिइन् तर कुनै प्रगति भएन। तर, सार्वजनिक पोस्टमार्फत प्रत्यक्ष CEO सम्म गुनासो पुगेपछि निर्णय तत्काल गतिमा अघि बढ्यो र एक दिनमै समाधान भयो।

Copy of 10th Aug 2025 1080 x 1120 px
Source: X

विशेषज्ञहरू भन्छन् यो घटना सोसल मिडियाको बढ्दो प्रभाव र प्रत्यक्ष कार्यकारी संलग्नताको उदाहरण हो। जब कम्पनीको भित्री सेवा प्रणाली कमजोर हुन्छ, सार्वजनिक रूपमा राखिएको गुनासोले तत्काल प्राथमिकता पाउन सक्छ। यसले उपभोक्तालाई तत्काल फाइदा पुर्याउँछ, तर एक प्रश्न पनि उठाउँछ, के यस्तो सुविधा सबै ग्राहकलाई समान रूपमा उपलब्ध हुन्छ, वा मात्र चर्चित वा भाइरल हुनेहरूलाई?

तर दीर्घकालीन समाधानका लागि कम्पनीहरूले आफ्नो भित्री ग्राहक सेवा प्रणालीलाई मजबुत बनाउनु आवश्यक छ। एक वा दुई व्यक्तिको प्रत्यक्ष हस्तक्षेपमा मात्र निर्भर रहनु दीगो उपाय होइन।

यो प्रकरणले देखाउँछ कि डिजिटल युगमा एउटा ट्वीट वा पोस्टले विशाल कम्पनीको ध्यान तान्न र लाखौँको समस्या केही घण्टामै समाधान गर्न सक्छ तर यो सुविधा सबैका लागि बराबर छैन भन्ने कटु यथार्थ पनि छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Rabindra dhat
सोसल मिडिया

रवीन्द्र ढाँटलाई राष्ट्रपतिले अपमान गरे : सिसन बाँनिया

अगस्ट 7, 2025
insta-map
सोसल मिडिया

‘Instagram’ मा पनि आउने भयो ‘Map’ फीचर

अगस्ट 7, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Smart car hacking
AI

पार्किङमा राखेको गाडी कैयौँ  किलोमिटर टाढाबाट आफै स्टार्ट !

अगस्ट 11, 2025
Rabi Lamichhane in Prision
Featured Post

रवी लामिछानेलाई राखिएको  कोठामा AC छैन २ वटा पंखा छन्, अरु व्यवस्था कस्तो छ? 

अगस्ट 11, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura