Writy.
बिहिवार, अगस्ट 14, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

एप्पल माथि एलन मस्कले लगाए यस्तो गम्भिर आरोप  ! 

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 13, 2025
0
एप्पल माथि एलन मस्कले लगाए यस्तो गम्भिर आरोप  ! 
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । विश्वप्रसिद्ध उद्यमी एलन मस्कले एप्पलमाथि गम्भीर आरोप लगाएका छन् । मस्कले एप्पलको एप स्टोरले OpenAI लाई प्राथमिकता दिँदै XAI (उनको आफ्नै कम्पनीको एआई प्लेटफर्म) लाई दबाएको आरोप लगाएका हुन्। “एप्पलले ओपेनै का एपहरूलाई अग्रपंक्तिमा राख्दै XAI लाई दबाएको छ, जुन स्पष्ट पूर्वाग्रह हो।” मस्कले भनेका छन् ।

यति मात्र नभएर एप्पलले वाक स्वतन्त्रताको समर्थन गर्छ भन्ने दाबी गरे पनि व्यावहारिकरूपमा उनीहरूको नीति र व्यवहार विरोधाभासी रहेको समेत मस्कको आरोप रहेको छ । OpenAI को “ChatGPT” एप एप स्टोरमा लगातार अग्र स्थानमा देखिन्छ, जबकि XAI को “Grok” एप त्यति दृश्यमा देखिँदैन। मस्कको भनाइ अनुसार, एप्पलको एल्गोरिदम वा प्रक्रिया स्वयंले यस्तो प्राथमिकता सिर्जना गरिरहेको छ। उनले यसका विरुद्द कानुनी कदम चाल्ने चेतावनी पनि दिएका छन्। 

यता एप्पलले भने मस्कको आरोपको खण्डन गरेको छ । कम्पनीका अनुसार, एप स्टोरमा कुनै पनि एपको स्थान प्रयोगकर्ताको समग्र अनुभव, समीक्षाको संख्या, प्रयोगको दर र गुणवत्ताका आधारमा निर्धारण हुन्छ। “एप्पलले कुनै पनि डेभलपरलाई प्राथमिकता दिँदैन,” कम्पनीले आधिकारिक रुपमा भनेको छ ।  मस्क र एप्पलको यो वाद – प्रतिवादले आम  डेभेलपरमा भने ठूला प्रविधि कम्पनीहरूले आफ्नो प्लेटफर्म प्रयोग गरेर सिमित  र पहुँच  भएका  कम्पनीहरुको पक्ष पोषण त गरिरहेको छैन ? भन्ने आशंका  उत्पन्न भएको छ ।

यस्तो  भएमा   वाक स्वतन्त्रता र स्वच्छ प्रतिस्पर्धामा  बाधा पुग्ने देखिन्छ । नेपालजस्ता विकासशील देशमा यस्तो प्रश्न झनै महत्त्वपूर्ण बन्छ। हाम्रो डिजिटल पहुँच सीमित छ, र यदि एप स्टोरजस्ता प्लेटफर्महरूमा पूर्वाग्रह छ भने, वैकल्पिक विचार वा प्रविधिहरू उपेक्षित हुन सक्छन्।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Instagram may block
एआइ

एआइको गलत निर्णयले  तपाईको Instagram एकाउण्ट डिलिट हुन सक्छ ! 

अगस्ट 13, 2025
असाधरण मुल्यमा क्रोम ब्राउजर किनिदिने Perplexity को अफर, विश्व टेक बजारमा तरंग !
Featured Post

असाधरण मुल्यमा क्रोम ब्राउजर किनिदिने Perplexity को अफर, विश्व टेक बजारमा तरंग !

अगस्ट 13, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

ranjita with kp oli
सोसल मिडिया

केपी ओलीको फोटोमुनि नाउपा अधक्ष्य रञ्जिताको टिकटक “आज मे उपर आसमा निचे”

अगस्ट 14, 2025
International IT Youth
फिचर्ड

अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५: विश्वभरका नेपाली युवालाई भर्चुअल डिजिटल रूपमा जोड्ने अभियान

अगस्ट 14, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura