Writy.
बिहिवार, अगस्ट 14, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

गण्डकी छड्केको भिडिओ भाइरल भए पछि इन्जिनियरको बचाँउमा उत्र्यो,एसोसिएसन, यस्तो छ  धारणा !

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 13, 2025
0
gandaki
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । पत्रकार अपिल त्रीपाठिले संचालन गर्दै आएको कार्यक्रमको पछिल्लो अंकले सरकारी इन्जिनियर माथि आधारहिन आरोप लगाएको भन्दै नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकी प्रदेशले आपत्ति जनाएको छ ।  पिच भएको महिना दिन भित्रनै सडक बिग्रेको सम्बन्धित  सामाग्रीमा  इन्जिनियरले सरकारी इन्जिनियरले पैसा लिएर बिल पास गरेको भन्ने असत्य  र आधारिहिन आरोपले गर्दा निज इन्जिनियरले चरित्र  अभद्र , अमर्यादित  र हिसांत्मक टिप्पणीको सामना गर्नुपरेकाले उक्त सामाग्री प्रति एसोसियसनले एक विज्ञप्ती  जारी गर्दै  खेद प्रकट गरेको हो । 

फलानो न्युज नामक युटुब च्यानल मार्फत अपिल त्रीपाठिले चार दिन अगाडि पोखराको बेइज्जत : बजेट भयो स्वाहा, बाटो बन्यो यस्तो | नर्सिङ पढाइदिने नाममा करोडौको लुट धन्दा” नामक शिर्षकमा एक भिडिओ सार्वजनिक  गरेका थिए । सोही भिडिओका क्लिपहरु हाल सामजिक संजालमा भाइरल रहेको छ ।  कुल दुईवटा विषयमा रहेको सो भिडिओको पहिलो सेग्मेन्टमा  अपिलले  पोखरा महनगरपालिकाले गरेको असारे विकाश , ठेकदार , इन्जिनियर र नियमनकारी निकायको लापरवाहिको पाराकाष्ठाले बनेको एउटा बाटोको फिल्ड रिपोर्टको रुपमा व्याख्या गर्दै पोखरा वडा नं ३२ मा   भर्खरै पिच भएको बाटोको  रिपोर्टिङ गरेका थिए । पिच भएको बाटो एक महिनामै कसरी  भत्कियो भन्ने एङ्गलबाट रिपोर्टिङ गर्ने क्रममा अपिलले स्थानिय वासिन्दा , सरकारी इन्जिनियर , ठेकदार  तथा जनप्रतिनिधिसँग खरो सवाल जवाफ समेत गरेको भिडिओमा देख्न सकिन्छ । 

सोही  क्रममा इन्जिनयर र  ठेकदार बिच  आपसी मिलोमतोमा मापदण्ड नपुगेको बाटोलाई  पास गरेर भुक्तानी दिइएको आरोप स्थानिय र  पत्रकार त्रीपाठिले महानगरका इन्जिनियर तथा समबन्धित वडाका सब इन्जिनियरलाई लगाएको देख्न सकिन्छ ।  

“प्राप्त तथ्यांक अनुसार सो सडक  आयोजना सम्बन्धित डिजाइन , लागत अनुमान , कार्यविवरण पुर्वकै अवस्थामा रहँदा उहाँको सरुवा भएको हो । ठेक्का  सम्झौताको शर्त तथा  प्राविधिक विशिष्टता अनुसार  कार्य सम्पन्न गराउने जिम्मेवारी उहाँको  थियो ।  सरकारी सेवामा प्रवेश देखि  नै उहाँले  ईमान्दारी , पारदर्शिता  र प्राविधिक मापदण्डको पालना गर्दै आएका छन्, भन्ने प्रमाणहरु स्पष्ट छन्, ।  निर्माण कार्य सम्पुर्ण प्राविधिक Specification  अनुसार सम्पन्न गराई,  प्रयोगशालामा परिक्षण मार्फत समेत  प्रमाणिकरण गरेर पास गरिएको हो । ” विज्ञप्तिमा उल्लेख छ । 

भिडिओमा देखाइएको सडकको ९० प्रतिशत भाग आजसम्म पनि सुचारु अवस्थामा रहेको  तर रुपातालको छेउमा पर्ने water logged  भुगोल र मनसुनको कारणले  केही भाग मात्र  क्षति भएकोमा भिडिओमा प्रारम्भ देखि  नै सम्पुर्ण दोष इन्जिनियरलाई लगाईनु आपात्तिजनक रहेको एसोसिएसनले जनाएको छ ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

ranjita with kp oli
सोसल मिडिया

केपी ओलीको फोटोमुनि नाउपा अधक्ष्य रञ्जिताको टिकटक “आज मे उपर आसमा निचे”

अगस्ट 14, 2025
Instagram may block
एआइ

एआइको गलत निर्णयले  तपाईको Instagram एकाउण्ट डिलिट हुन सक्छ ! 

अगस्ट 13, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

International IT Youth
फिचर्ड

अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५: विश्वभरका नेपाली युवालाई भर्चुअल डिजिटल रूपमा जोड्ने अभियान

अगस्ट 14, 2025
NTV is back
इन्टरनेट

५ महिनाको कुटनैतिक प्रयास पछि बल्ल फिर्ता भयो   ,NTV को युटुब च्यानल !

अगस्ट 14, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura