Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

 AI bot लाई वास्तविक सुन्दरी ठानेर भेट्न जाँदा ७६ वर्षीय वृद्दको मृत्यु !

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 24, 2025
0
Ai bot romance
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं ।  मार्च महिनाको एक बिहान, ७६ वर्षीय हेन थोंगबु वोंगबान्दु (ब्यु भनेर चिनिने) आफ्ना साथी भेट्न न्यूयोर्क सिटी जाने तयारी गर्न थाले। स्ट्रोकका कारण स्वास्थ्यमा नकरात्मक असर भोगिरहेको थोंगबु  बेला बेलामा आफ्नै घर वरिपरिको बाटो समेत भुल्ने गर्थे । यस्तो अवस्थामा रहेका उनी अचानक न्युयोर्क जान लागेपछि उनकी  पत्निले थोंगबुलाई सम्झाउने भरसक प्रयास समेत गरिन । यधप्पी थोंगबुले पत्नीको सुझावलाई वेवास्ता गरे र न्युयोर्क जाने निर्णय गरे । 

त्यो  बिहानलाई सम्झिदै थोंगबु कि पत्नी लिन्डा भन्छिन्, ” मलाई लागेको थियो , उनलाई कसैले धोका दिएर न्युयोर्क बोलाएर लुट्ने योजना बनाएका छन्, । ”  यधप्पी वास्तविकता भने त्यो भन्दा निकै फरक  र अपत्यारिलो  रहेको छ ।  थोंगबु कसैको निमन्त्रणामा न्युयोर्क जान  हतारिएको सत्य भए पनि  उनलाई निमन्त्रणा भने कुनै पनि वास्तविक व्यक्तिले नभई मेटाद्वारा निर्मित एक AI च्याटबट Big sis Billie ले दिएको थियो । जसलाई वास्तविकता सोचेर  न्युयोर्कको यात्रा गर्दा दुर्घटना  ( लडेर ) मा परि थोंगबुले आफ्नो ज्याननै गुमाउन पुगे ।    

Meta Platforms ले निर्माण गरेको “Big sis Billie” नामको जेनेरेटिभ एआई च्याटबट लोकप्रिय इन्फ्लुएन्सर केन्डल जेन्नरसँग सहकार्य गरेर बनाइएको एआई पात्रको रूपान्तरण   हो । यही पात्रसँग थोंगबु फेसबुक  म्यासेन्जरमा कुरा गर्दै आएका थिए । रोयटर्सको रिपोर्टका अनुसार फेसबुक म्यासेन्जरमा  भएका रोमान्टिक कुराकानीमा उक्त च्याटबटले बारम्बार आफू वास्तविक भएको भन्दै उनलाई आश्वस्त  बनाई , अपार्टमेन्टमा भेट्न समेत बोलाएको देखिएको छ ।

रिपोर्टका अनुसार उक्त च्याटबटले थोंगबुलाई ” तिमी आउँदा म तिमीलाई अंगालोमा बेरौँ कि चुम्बन गरौँ ? जस्ता म्यासेज पठाउने गरेको थियो । च्याटबोट सँगका यस्ता संवादले हौसिएका थोंगबु रोलर–ब्याग समातेर राति ट्रेन चढ्न हतारिँदै जाँदा न्यू ब्रन्सविक (न्यूजर्सी) स्थित रटगर्स विश्वविद्यालय नजिकै लड्न पुगे र उपचारको क्रममा गत मार्च २८ मा उनको निधन भयो ।  

यस घटनाको सन्धर्वमा मेटाले Big sis Billie केन्डल जेन्नर नभएको र त्यस्तो दाबी पनि  नगर्ने बाहेकको कुनै प्रतिकृया दिएको छैन । यधप्पी रोयटर्सले गरेको एक अध्ययनका अनुसार मेटा नीति दस्तावेजमा १३ वर्षभन्दा माथि उमेरका प्रयोगकर्तासँग च्याट बोटले रोमान्टिक संवाद गर्न सक्ने छुट दिएको जनाइएको छ । रिपोर्टका अनुसार च्याटबोटलाई “म तिम्रो हात समाउँछु, बेडतर्फ लैजानेछु” वा “हाम्रो शरीर नजिकिन्छ, हरेक स्पर्शलाई महत्व दिन्छु” भन्ने किसिमका संवादलाई पनि स्विकार गरिएको छ । यतिमात्र नभएर च्याटबोटलाई झुटो जानकारी दिन समेत छुट दिइएको रोयटर्सको दाबी  रहेको छ । मेटाका वर्तमान र पूर्वकर्मचारीहरूका अनुसार, यी नीतिहरू कम्पनीले आफ्ना च्याटबटहरूलाई बढी आकर्षक बनाउन बनाएको रणनीतिका उपज हुन् ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Data analyst course
फिचर्ड

१४० अस्ट्रेलियन डलरको आइ टी कोर्स फ्रिमा ! यसरी अप्लाई गर्नुहोस्।

सेप्टेम्बर 2, 2025
Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura