Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

असोज १ देखि इमबोस्ड नम्बर प्लेट अनिवार्य, कति लाग्छ जडान खर्च 

आँचल नेपाल by आँचल नेपाल
अगस्ट 20, 2025
0
embossed Plate
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ। नेपाल सरकारले आगामी असोज १ देखि दर्ता भएका सबै सवारी साधनमा एम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ। यो निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकमा लिइएको हो, जसमा सबै प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी थिए।

निर्णय अनुसार, आगामी असोज १ देखि सबै प्रदेशका यातायात कार्यालयमार्फत हुने सवारी दर्ता, स्वामित्व स्थानान्तरण र नवीकरण प्रक्रियामा एम्बोस्ड नम्बर प्लेटको स्थापना अनिवार्य हुनेछ। नियमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी परिचालन र प्राविधिक सहयोग प्रदान गर्नेछ।

सरकारले सुरुमा सन् २०२१ मा एम्बोस्ड नम्बर प्लेटको प्रयोग सुरु गरी त्यसलाई अनिवार्य बनाउने योजना बनाएको  थियो, तर लागू भने हुन सकेको थिएन। जनसाधारणको विरोध र कनफ्युजनका कारण यातायात व्यवस्था विभागले अस्थायी रूपमा यसलाई नयाँ दर्ता भएका वा स्थानान्तरण भएका सवारीमा मात्र सीमित गरेको थियो। तर अहिले पूर्ण रूपमा एम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने मितिसहित कार्यान्वयन गर्ने निर्णय पुनः बहाल गरिएको छ।

सरकारको यो कदम सवारी साधनका अभिलेखलाई डिजिटल र सुव्यवस्थित बनाउन, साथै प्रभावकारी अनुगमन र नियमन सुनिश्चित गर्न गरिएको बताइएको छ। एम्बोस्ड नम्बर प्लेट मेशिन-रिडेबल र पारम्परिक प्लेटको तुलनामा  ट्याम्पर प्रुफ र सुरक्षित मानिन्छ।

पहिलेको समिति सिफारिस अनुसार, एम्बोस्ड नम्बर प्लेटको जडान खर्च मोटरसाइकल/स्कुटरको लागि रु २,५००, कार/जिप/भ्यान/ट्र्याक्टरको लागि रु ३,२००, र भारी भारी सवारी साधनका लागि रु ३,६०० राखिने बताइएको छ। यी शुल्कहरू प्लेट जडान अलग्गै तिर्नुपर्ने हुन्छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Data analyst course
फिचर्ड

१४० अस्ट्रेलियन डलरको आइ टी कोर्स फ्रिमा ! यसरी अप्लाई गर्नुहोस्।

सेप्टेम्बर 2, 2025
Nvidia
फिचर्ड

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

अगस्ट 31, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura