Techma Kura
सोमवार, सेप्टेम्बर 1, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

प्रश्नको उत्तर खोज्ने मात्र हैन, यसरी बनाउनुहोस् ChatGPT लाई आफ्नै कर्मचारी 

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 27, 2025
0
chatgpt into personal assistant
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। AI को प्रयोग बढेसँगै यसलाई प्रयोग गर्ने शैली पनि दिनप्रतिदिन परिवर्तन हुँदै गएको छ। अब ChatGPT जस्ता उपकरणलाई उत्तर दिने टुल भन्दा पनि आफ्नै जीवन र काम बुझ्ने AI कन्सल्टेन्टको रूपमा प्रयोग गर्न सकिने नयाँ विधि सार्वजनिक भएको छ। यो प्रविधि Stanford University का प्राध्यापक Jeremy Utley ले प्रस्तुत गरेका हुन्।

Utley ले प्रस्ताव गरेको ‘Stanford Prompt Method’ अनुसार, प्रयोगकर्ताले ChatGPT सँग प्रत्यक्ष आदेश मात्र दिने होइन, बरु AI लाई आफैंले प्रश्न गर्न दिने गरी संवाद सुरु गर्नुपर्छ। उदाहरणका लागि, ‘तपाईं मेरो निजी सल्लाहकार हुनुहुन्छ। मलाई राम्रोसँग बुझ्नका लागि पहिले मलाई प्रश्न सोध्नुहोस्।’ भन्ने प्रोम्प्ट दिँदा ChatGPT ले  प्रयोगकर्ताको लक्ष्य, चुनौती र प्राथमिकताबारे सोध्छ। यसपछि प्राप्त उत्तरका आधारमा सल्लाह दिने भएकाले संवाद अझ गहिरो र व्यक्तिगत बन्छ।

यो विधि साधारण प्रश्न–उत्तर प्रणालीभन्दा फरक छ। प्रायः प्रयोगकर्ताले ChatGPT सँग “कसरी लेख्ने?” वा “कस्तो विचार दिने?” भन्ने सोध्ने गर्दछन्। तर Stanford Prompt Method मा भने व्यवसायिक कन्सल्टेन्टले जस्तै, AI ले प्रयोगकर्तालाई नै प्रश्न सोध्दै जानकारी संकलन गर्छ। यसरी प्राप्त जानकारीकै आधारमा AI ले कार्ययोजना  र सुझाव दिन्छ।

आधिकारिक रुपमा पुष्टि नभए पनि, Stanford प्रोफेसरले प्रस्तुत गरेको यस विधि अपनाएर AI लाई आफ्नो व्यक्तिगत कन्सल्टेन्टको रूपमा प्रयोग गर्न सकिएको अनुभव अनलाइनमा पाउन सकिन्छ। 

नेपाली प्रयोगकर्ताका लागि पनि यो विधि उपयोगी हुन सक्छ। नेपालमा व्यवसाय, अध्ययन र स्टार्टअपहरू तीव्र गतिमा अघि बढिरहेका छन्। तर अनुभवी कन्सल्टेन्ट वा सल्लाहकार सबैका लागि अफोरडेबल (affordable) नहुन सक्छन्। यस्तो अवस्थामा AI कन्सल्टेन्ट प्रयोग गरेर विद्यार्थीले अध्ययन रणनीति, व्यवसायीले बजार रणनीति वा व्यक्तिगत प्रयोगकर्ताले सामान्य योजना बनाउन सहयोग पाउन सक्छन्। 

तर पछिल्लो समयमा, AI सँग व्यक्तिगत कुरा सेयर गर्दा गोपनीयता कायम नहुने र संवाद लिक हुने जस्ता घटनाहरू भइराख्दा, AI लाई ढुक्कैसँग आफ्नो व्यक्तिगत जानकारी दिनु चुनौतिपूर्ण देखिन्छ। यस कारण, AI लाई कन्सलटेन्टका रुपमा प्रयोग गरिराख्दा कति सम्मको जानकारी दिने भन्ने कुरा विचार गरेर मात्र प्रयोग गर्नु उचित देखिन्छ। 

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 1, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
Nvidia
फिचर्ड

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

अगस्ट 31, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura