Techma Kura
मङ्गलवार, सेप्टेम्बर 2, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

एलन मस्कलाई मार्नेदेखि बम बनाउनेसम्म योजना, Grok AI फेरि तानियो विवादमा!

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 27, 2025
0
Elon Grok
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। एलन मस्कको एआइ कम्पनी xAI ले विकास गरेको च्याटबोट Grok पुनः विवादमा तानिएको छ। हालसालै xAI मा सार्वजनिक भएका प्रयोगकर्ताका कुराकानीमध्ये केहीमा Grok ले संवेदनशील उत्तर दिएको तथ्य बाहिरिएपछि यसले AI को सुरक्षा र नियन्त्रणबारे गम्भीर प्रश्न उठाएको छ।

अन्तरास्ट्रिय सञ्चारमाध्यमका अनुसार, ग्रोकका प्रयोगकर्तासँगका लाखौँ संवाद xAI ले अनुसन्धानको नाममा प्रकाशित गरेको थियो। प्रकाशित संवादमा केहि संवेदनशील कुराकानी पनि देखिएको छ। उदाहरणका लागि, एक प्रयोगकर्ताले ‘एलन मस्कको हत्या कसरी गर्ने?’ भन्ने प्रश्न गर्दा Grok ले विस्तृत रुपमा उत्तर दिएको तथ्य बाहिर आएको छ। Grok ले बम बनाउने, हतियार तयार गर्ने र अन्य गैरकानुनी गतिविधि सम्बन्धी जानकारी समेत प्रयोगकर्तालाई दिएको पाइएको छ। यस्तो उत्तरले एआइ मनोरञ्जन वा सहायक उपकरण मात्र नभई संभावित खतराको स्रोत बन्न सक्ने देखिएको छ।

विशेषज्ञहरूका अनुसार, प्रयोगकर्ताको गोपनीय संवाद बिना अनुमति सार्वजनिक गर्नु नै साइबर सुरक्षाको उल्लङ्घन हो। त्यसमा पनि हत्या वा बम निर्माण जस्ता संवेदनशील कुरामा AI ले सहयोग गर्नु समाजका लागि जोखिमपूर्ण छ।

पछिल्ला समयमा पनि, विश्व चर्चित गायिका टेलर स्विफ्टको डिप फेक न्युड तस्विर बनाएको, हिट्लरको तारिफ गरेको,र मस्कको व्यक्तिगत धारणा सँग जोडेर उत्तर दिएको जस्ता संवेदनशील कुरामा Grok AI विवादमा आएको थियो। फेरी पनि मस्कलाई मार्ने, बम बनाउन सिकाउने जस्ता संवेदनशील कुरामा Grok AI विवादमा मुछिएको छ। 

तारन्तार यस्ता घटना भईराख्दा, Grok AI को सुरक्षा, नैतिकता र नियमनबारे पुन:बहस सुरु भएको छ। 

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 1, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
Nvidia
फिचर्ड

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

अगस्ट 31, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura