Techma Kura
मङ्गलवार, सेप्टेम्बर 9, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

GenZ आन्दोलन पछि उत्पन्न परिस्थिती पछि यसो भन्छन्, प्रधानमन्त्री केपी ओली

टेकमाकुरा by टेकमाकुरा
सेप्टेम्बर 8, 2025
0
GenZ आन्दोलन पछि उत्पन्न परिस्थिती पछि यसो भन्छन्, प्रधानमन्त्री केपी ओली
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । GenZ पुस्ताको आन्दोलनको क्रममा सरकारी दमनको कारण १९ जनाको ज्यान गएपछि प्रधानमन्त्रीको ओलीले सोमबार साँझ वक्तव्य जारी गर्दै सरकारको प्रयास र जेनजी पुस्ताबीचको अस्पष्टताले अप्रिय घटना भएको जनाएका छन्, ।
वक्तव्य मार्फत ओलीले सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा नरहेको त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएका छन्, ।
‘राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ’ प्रधानमन्त्रीले भनेका छन् ।

यस्ताे छ प्रधानमन्त्रीकाे वक्तव्य

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु 

जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो । जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौं । तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पु¥याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो । प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरे । यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नु पर्ने स्थिति उत्पन्न भयो । 

सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एक वर्ष अघिदेखि नै यसलाई नियमन गर्ने प्रयोजनका लागि सम्बन्धित कम्पनीहरुलाई नेपालमा सूचिकरण गर्न पटक पटक आग्रह गर्दै आएको थियो । कतिपय प्लेटफर्महरुले सरकारको आग्रह अनुरुप नेपालमा दर्ता र सूचिकरण गरे पनि केहीले पटक पटकको आग्रहलाई बेवास्ता गर्दै आएको परिस्थितिमा सम्मानित सर्वाेच्च अदालतले सामाजिक सञ्जाललाई अनुगमन गर्न सकिनेगरी दर्ता र सूचिकरण गरेर मात्र सञ्चालन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति लिएको थिएन र छैन । अदालतको आदेश बमोजिम अन्तिम पटक सूचिकरणका लागि गत हप्ता सरकारद्वारा गरिएको आह्वानको समेत बेवास्ता भएपछि सूचिकरण हुनासाथ सञ्चालन हुने गरी त्यसलाई निस्कृय गरिएको थियो । बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको हाम्रो नयाँ पुस्तालाई पक्कै पनि यसले असर पारेको थियो । राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ । यसका लागि प्रदर्शन गरिरहनु पर्ने थिएन । र, गरिरहनु पर्ने स्थिति रहन दिइने छैन ।

आजको प्रदर्शनको क्रममा नागरिकहरुले ज्यान गुमाउनु परेकोमा म अत्यन्तै दुःखी भएको छु । यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनु भएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ । आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानविन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु । 

२३ भदौ २०८२        केपी शर्मा ओली

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

बालेनले दिए केपी ओलीलाई आतंकवादिको संज्ञा
Featured Post

बालेनले दिए केपी ओलीलाई आतंकवादिको संज्ञा

सेप्टेम्बर 9, 2025
fintech Rajendra Khetan
Featured Post

फिनटेक इन्डस्ट्रीमा खेतान समुहको प्रवेश , यस्तो छ व्यपारिक इतिहास !

सेप्टेम्बर 2, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

इन्टरनेट

प्रधानमन्त्री ओलीको निवास बालकोटमा आगजनी !

सेप्टेम्बर 9, 2025
damange in house
सोसल मिडिया

नेताहरुको निवास तिर लक्षित भए प्रदर्शनकारीहरु क-कसको घरमा भयो तोडफोड !

सेप्टेम्बर 9, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura