काठमाडौं । सोमबार देखि सुरु भएको जेन -जी आन्दोलनमा सरकारले व्यापक दमन गरी २२ जना युवाहरुको ज्यान गएपछि मंगलबार बिहानै देखि प्रदर्शनकारीहरु नेताहरुको घर लक्षित प्रदर्शन तथा ढुंगा मुडा गरिरहेका छन्, । हाल सम्म प्राप्त जानकारी अनुसार प्रदर्शनकारीहरुले नेकपा माओवादी केन्द्रका अधक्ष्य प्रचण्डको खुमलटार स्थित निवासमा तोडफोड एवम्, नियन्त्रणको प्रायस गरेका छन्, भने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा पनि तोडफोड एवम्,आगजनीको प्रयास भएको छ । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेका प्रदर्शनकारीको समुहलाई भने प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ ।