Writy.
शुक्रवार, जुलाई 18, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ई-स्पोर्ट
    • ग्याजेट्स
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ई-स्पोर्ट
    • ग्याजेट्स
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    Perplexity AI अब आईफोनमा: Siri को कुर्सी डगमगाउने समय आएको हो ?

    Tech MaKura by Tech MaKura
    अप्रिल 24, 2025
    in एआइ
    0
    Perplexity AI अब आईफोनमा: Siri को कुर्सी डगमगाउने समय आएको हो ?

    Perplexity AI अब आईफोनमा: Siri को कुर्सी डगमगाउने समय आएको हो ?

    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौँ । आइफोन प्रयोगकर्ताहरूका लागि सिरीलाई “Hey Siri” भनेर बोलाउनु त अब त बानीजस्तै भइसकेको छ। तर अब यस पुरानो साथीलाई नयाँ चुनौती थपिएको छ — Perplexity AI को नयाँ भ्वाइस असिस्टेन्ट। भर्खरै आईफोनमा उपलब्ध भएको यो एआई ‘पावर्ड’ असिस्टेन्ट कुराकानी मात्र होइन, काममा पनि Siri भन्दा धेरै स्मार्ट देखिएको छ।

    Perplexity AI अहिले iPhone 13 mini जस्ता पुराना मोडेलहरूमा पनि उपलब्ध छ। इमेल पठाउने, रिमाइन्डर सेट गर्ने, राइड बुक गर्ने जस्ता कामहरूमा Perplexity AI, Siri भन्दा बढी प्रभावकारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित रिपोर्टहरूमा उल्लेख छ। Siri को तुलनामा Perplexity ले फ्याक्टसहित जवाफ दिने कुरा पनि यिनै रिपोर्टहरूमा प्रष्ट पारिएको छ।

    तर सबै काममा Perplexity ‘superhero’ भने होइन। जस्तै तपाईंले अलार्म सेट गर्न खोज्नुभयो भने, उसले भन्न सक्छ — “सरी, त्यो काम म अहिले गर्न सक्दिन!” त्यसैगरी, केही काम गर्नुअघि तपाईंको अनुमति माग्छ। यस्तै अनुमति प्रणाली डाटा प्राइभेसीको दृष्टिकोणले सकारात्मक रूपमा हेरिएको छ।

    यो भ्वाइस असिस्टेन्ट अहिले आईफोनमा मात्र सीमित छ। अन्य एप्पल डिभाइसहरू — जस्तै iPad, Mac, वा Apple Watch मा भने अहिलेसम्म उपलब्ध छैन। तर Perplexity तुरुन्तै ‘Google-level’ को जानकारीसहित काम गर्ने भएकाले यसको तुलनामा Siri केही हदसम्म पुरानो महसुस हुन थालेको पनि स्पष्ट देखिन्छ।

    तपाईं कुन टिममा हुनुहुन्छ? Team Siri कि Team Perplexity?

    यदि तपाईं ‘iPhone को सारा सिस्टमसँग जोडिएर काम गर्ने’ चाहनुहुन्छ भने Siri अझै पनि फस्ट क्लास छ। तर ‘स्मार्ट जवाफ चाहिन्छ, त्यो पनि छिटो र सन्दर्भसहित’ भन्ने हो भने Perplexity ट्राय गर्न लायक छ। Apple ले Siri मा केही धमाकेदार अपडेट नल्याउने हो भने, धेरैले भनेजस्तै Siri को कुर्सी साँच्चै डगमगाउने सम्भावना देखिन्छ।

    अन्त्यमा, यदि तपाईं पनि आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने, Siri लाई सोध्नुस् — “Hey Siri, अब त Perplexity को डर लाग्न थाल्यो होला नि?”, र Siri ले के उत्तर दिन्छ, हाम्रो कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला!

    You might also like

    मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

    मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

    जुलाई 17, 2025
    एआइ प्रविधिको बढ्दो प्रभाव : मान्छे पनि  ChatGPT कै शैलीमा बोल्न थालेको अध्ययनको खुलासा ! 

    एआइ प्रविधिको बढ्दो प्रभाव : मान्छे पनि  ChatGPT कै शैलीमा बोल्न थालेको अध्ययनको खुलासा ! 

    जुलाई 18, 2025
    Tags: AIiOSAssistantNepaliTechPerplexityAISiriAlternative
    Tech MaKura

    Tech MaKura

    Related Stories

    मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

    मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

    by Tech MaKura
    जुलाई 17, 2025
    0

    उनी हामी साधरण मान्छेको जस्तो कपडा , तरकारी  जस्ता कुराहरुको शपिङमा  निस्केका  होइनन् ।

    एआइ प्रविधिको बढ्दो प्रभाव : मान्छे पनि  ChatGPT कै शैलीमा बोल्न थालेको अध्ययनको खुलासा ! 

    एआइ प्रविधिको बढ्दो प्रभाव : मान्छे पनि  ChatGPT कै शैलीमा बोल्न थालेको अध्ययनको खुलासा ! 

    by Tech MaKura
    जुलाई 18, 2025
    0

    जर्मनीको Max Planck Institute for Human Development ले गरेको एक अध्ययनका अनुसार हालको समयमा  मानिसहरू ChatGPT जस्ता AI chatbots ले...

    गाडीसँगै  बात गर्दै  यात्रामा सरर ? एलन मस्कको ग्रोक एआइ अब टेस्लामा पनि !

    गाडीसँगै बात गर्दै यात्रामा सरर ? एलन मस्कको ग्रोक एआइ अब टेस्लामा पनि !

    by Tech MaKura
    जुलाई 11, 2025
    0

    कम्पनीले यसलाई "विश्वको सबैभन्दा स्मार्ट एआई" र "विश्वको सबैभन्दा शक्तिशाली एआई सहायक" भनेर दाबी गरेको छ।

    iphone 26 feature

    iPhone को नयाँ फिचर: फेसटाइममा नग्नता देखिए भिडिओ रोकिने !

    by Tech MaKura
    जुलाई 8, 2025
    0

    यो सुविधा हाल डेभलपर संस्करणमार्फत परीक्षण भइरहेको आईओएस २६ मा देखिएको हो। ‘आईडिभाइस हेल्प’ नामक एक्स (पूर्व ट्विटर) प्रयोगकर्ताले सार्वजनिक...

    Popular News

    • मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

      मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

      0 shares
      Share 0 Tweet 0
    • खल्ती र आइएमई पे एकीकृत, यसरी गर्नुहोस्, एकाउन्ट लिङ्क !

      0 shares
      Share 0 Tweet 0
    • पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !

      0 shares
      Share 0 Tweet 0
    • एआइ प्रविधिको बढ्दो प्रभाव : मान्छे पनि  ChatGPT कै शैलीमा बोल्न थालेको अध्ययनको खुलासा ! 

      0 shares
      Share 0 Tweet 0
    • अमेरिकाको आक्रामक साइबर रणनीति : एक अर्ब डलरको लगानीसँगै उठेका आशंका र चुनौतीहरू ।

      0 shares
      Share 0 Tweet 0

    Recommended

    प्र

    सोसल मिडिया हामीले गरेको लाइक, कमेन्ट को खबर सिङ्गापुरहुँदै अमेरिका पुग्छ! कसरी ?

    3 महिना ago
    मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

    मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

    17 घण्टा ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • Home
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • फ्याक्ट चेक
    • इन्टरनेट
    • एआइ
    • ई-स्पोर्ट
    • ग्याजेट्स

    © 2025 Tech MaKura