Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

CHATGPT Plus अब दुबईमा नि:शुल्क ! किन र कसरी ?

टेकमाकुरा by टेकमाकुरा
मे 28, 2025
0
chatgpt plus free
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) सरकारले ओपनएआईसँगको नयाँ रणनीतिक साझेदारीअन्तर्गत दुबईका बासिन्दालाई प्रिमियम च्याटबोट सेवा चैटजीपीटी प्लस (CHATGPT Plus) निःशुल्क उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। योजना सफल भएमा यूएई कृत्रिम बुद्धिमत्ता (एआई) अपनाउने पहिलो राष्ट्रका रूपमा दरिँदै विश्वभरका डिजिटल नीति निर्माता र प्रयोगकर्ताको ध्यान खिच्नेछ।


यो घोषणाले महिनामा US $20 पर्न आउने वर्तमान शुल्कलाई सरकारले नै बेहोरिने संकेत गर्छ। रिपोर्टका अनुसार यो  सुविधा ओपनएआई र अबुधाबी-मुख्यालय रहेको जी४२ समूहसहितका प्रविधि साझेदारसँग मिलेर निर्माण हुँदै गरेको “स्टर्गेट यूएई” मेगाडाटा केन्द्र परियोजनासँग गाँसिएको छ, जसले प्रारम्भिक चरणमै २०० मेगावाट र पूरा भएपछि १ गिगावाट क्षमताको एआई सुपरकम्प्युटिङ क्लस्टर (AI Supercomputing Cluster) सञ्चालन गर्ने लक्ष्य राखेको छ । 


सरकारले च्याट जिपिटी प्लसमा  निःशुल्क पहुँच दिनुका तीन प्रमुख उद्देश्य रहेको बताइएको छ । पहिलो  नागरिक-केन्द्रित डिजिटल सरकारी सेवा विस्तार दोस्रो  निजी क्षेत्रको एआई कौशल वृद्धि, र  तेस्रो  स्टर्गेट केन्द्रमार्फत विश्वव्यापी एआई अनुसन्धानमा आकर्षण बढाउनु । ओपनएआईका प्रमुख कार्यकारी साम आल्टम्यानले परियोजनालाई “दृढ दृष्टि” भनी चित्रण गर्दै शिक्षादेखि स्वास्थ्यक्षेत्रसम्म Large Language Model को फाइदा आममानिससम्म पुर्‍याउने अवसरको रुपमा चित्रण गरेका छन्। 


यसैगरी  यूएईका सूचना तथा डिजिटल अर्थतन्त्र मन्त्री उमर अल-ओलामा नेतृत्वको टोलीले पनि  “एआई साक्षरता आमजनमा पुर्‍याउन सबैभन्दा सरल तरिका भनेको प्रिमियम टुल सीधै हातमा थमाउनु हो” भन्ने धारणा सार्वजनिक गरेका छ । च्याट जिपिटी प्लसले (CHATGPT Plus) नयाँ जीपीटी-४ओ (GPT-4o) मोडेल, उच्च अनुरोध सीमा, र रियल-टाइम डेटा विश्लेषण जस्ता सुविधा दिन्छ अर्थात  निःशुल्क संस्करणभन्दा यसले गुणस्तरिय तीव्र र स्थिर सेवा उपलब्ध  गराउँछ । यधप्पी यो योजना कहिलेबाट कार्यान्वयन हुने बारे स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन । यो सुविधामा कार्यान्वयनमा आएमा यसबाट दुबईमा रहेका नेपाली जनशक्तिलाई पनि फाइदा पुग्ने अनुमान गर्न सकिन्छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura