Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

“Software Engineer” बनेर ChatGPT Plus मा Agent! अब जागिर गुम्ने डर साँचिकै हो?

टेकमाकुरा by टेकमाकुरा
जुन 4, 2025
0
software engineer ai
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । Software Engineerका लागि अब जागिरमा प्रतिस्पर्धी मात्रै होइन, एकदमै नयाँ खालको प्रतिद्वन्द्वी आएको छ– OpenAI ले आफ्नो अत्याधुनिक सफ्टवेयर इन्जिनियरिङ एजेन्ट Codex लाई आज, जुन ४ देखि ChatGPT Plus प्रयोगकर्ताहरूका लागि सार्वजनिक रूपमा उपलब्ध गराएको छ। Codex ले प्रयोगकर्ताको निर्देशनअनुसार आफैंले सफ्टवेयर कोड लेख्ने, समस्याहरू समाधान गर्ने, र तिनको परीक्षण गर्नेसम्मको काम स्वचालित रूपमा गर्छ। यसले दुनियाँभरिका सफ्टवेयर इन्जिनियरहरूको निद्रा हराम हुने संकेत गरेको छ।

OpenAI को आधिकारिक ब्लग अनुसार, Codex कुनै सामान्य कोड अटो–कम्प्लिसन (Auto-completion) टुल होइन। यसलाई “स्वतन्त्र सफ्टवेयर विकासकर्ता” भनेरै परिभाषित गरिएको छ। यसले प्रयोगकर्ताको निर्देशनअनुसार कोड सिर्जना, सुधार, परीक्षण र Pull Request (कोड समायोजनको लागि अनुरोध) समेत तयार गरी दिन सक्छ। यसअघि उपलब्ध GitHub Copilot जस्ता टुलभन्दा फरक, Codex ले आफ्नै आइसोलेटेड (isolated) स्यान्डबक्समा कोडहरू चलाउँछ, जसबाट यसको कामको वास्तविकता जाँच्न सहज हुन्छ।

Codex ले खासगरी वेब एप्लिकेसनहरू बनाउने, जटिल एपीआई (API) लेख्ने, तथा सफ्टवेयरमा आएका त्रुटि (bugs)हरू पहिचान गरी समाधान गर्न सक्षम भएको बताइएको छ। यसको कार्य शैली एकजना मानव सफ्टवेयर विकासकर्ताको जस्तै हो—निर्देशन दिएपछि यसले सिधै कार्यान्वयन गर्छ र प्रयोगकर्ताले त्यसपछि नतिजालाई समीक्षा गर्न सक्छन्। यसले वास्तविक सफ्टवेयर विकासकर्ताको जागिर प्रतिस्थापित गर्छ कि गर्दैन भन्ने विषय अहिले विश्वभर चर्चाको केन्द्र बनेको छ।

तर OpenAI ले Codex सफ्टवेयर इन्जिनियरहरूलाई प्रतिस्थापन गर्न नभई उनीहरूलाई मद्दत गर्न आएको भनेर दाबी गरेको छ। “Codex ले बोरिङ, दोहोरिने कामहरू आफैं गरेर विकासकर्ताहरूलाई सिर्जनात्मक कार्यहरूमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ,” OpenAI ले जनाएको छ। यसैका कारण Codex को प्रयोगले विकासकर्ताहरूको काम झन प्रभावकारी र छिटो हुने आशा गरिएको छ।

साथै, Codex मा केहि सीमाहरू पनि छन्। यसले दृश्य इनपुट (Visual Inputs) तथा फ्रन्ट–इन्ड डिजाइनमा सहयोग गर्न सक्दैन। यसको कार्य प्रक्रियामा हस्तक्षेप गर्न मिल्दैन, अर्थात् कुनै त्रुटि भएपनि पूरा कार्य सम्पन्न नहुन्जेलसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ। त्यसैले, यसलाई पूर्णतया मानवको ठाउँ लिन सक्ने गरी नभई एउटा कुशल असिस्टेन्ट (Assistant) को रूपमा हेरिएको छ।

तथापि, Codex को आगमनसँगै, सफ्टवेयर विकास क्षेत्रमा ठूलो परिवर्तन आउने निश्चित छ। साना स्टार्टअपहरूले ठूलो इन्जिनियरिङ टिम नभइकनै गुणस्तरीय सफ्टवेयर बनाउने सम्भावना बढेको छ। नेपालजस्ता देशहरूमा सफ्टवेयर विकासको गति तथा पहुँच बढाउन यस प्रविधिले ठूलो योगदान गर्न सक्छ।

अब ChatGPT Plus प्रयोगकर्ताहरूले Codex लाई सिधै पहुँच गर्न सक्छन्, जसले सफ्टवेयर विकासको प्रक्रियामा नयाँ अध्याय सुरु गरेको छ। Codex ले नेपाली विकासकर्ताहरूलाई नयाँ अवसर दिनेछ वा उनीहरूको जागिरमा चुनौती थप्नेछ भन्ने प्रश्नले सामाजिक सञ्जालमा चर्चा बढाएको छ।

OpenAI को यो नयाँ प्रविधिले भविष्यमै सफ्टवेयर विकासकर्ताहरूलाई निल्छ कि सँगै लैजान्छ भन्ने हेर्न बाँकी नै छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

pregnant AI
Uncategorized

रोबोटमार्फत बच्चा जन्माउने दावी: वैज्ञानिक चमत्कार कि भ्रमको कथा?

अगस्ट 20, 2025
Elon musk
Uncategorized

एलन मस्कको ‘AI’ ले ‘Male Fantasy’लाई  बढावा दिएको आरोप !  ‘AI’ मा बढ्दो लैंगिक पूर्वाग्रहको चिन्ता 

अगस्ट 10, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura