काठमाडौँ। पछिल्लो समय सोसल मिडियामा भाइरल बनेकी पात्र हुन्, आशिका तामाङ। नीति नियम पालना नगर्ने व्यक्तिहरुलाई गाली गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दा उनी भाइरल बनेकी हुन्। उनको यस कामलाई कसैले सकरात्मक पक्षले हेरेका छन् भने कसैले ‘यसरी अर्कालाई थर्काउदै हिड्न, पास माग्दै हिड्न उनको हक छैन’ भन्दै आलोचना समेत गर्ने गरेका छन्।
पछिल्लो साता देखि आशिकाले आफ्नो सामाजिक सञ्जालमार्फत ऐतिहासिक क्षेत्र जनकपूरको राम्रा तथा नराम्रा दुबै पाटो प्रस्तुत गर्दै आएकी छिन्। उनले जनकपूर मन्दिर जाने बाटोमा रहेको फोहोर, बाटो सँगैको पोखरीको फोहोर र रेल मार्ग को फोहोर देखाउँदै गरेको भिडियो सार्वजनिक गरेकी थिइन्। एउटा भिडियोमा त ‘जनक राजा सीता हुन् छोरी, मान्छे कति धेरै हुन् फोहोरी’ भन्दै गीत गाउँदै समेत आलोचना गरेकी थिइन्।
उक्त भिडियो सार्वजनिक भएसँगै स्थानीय निकायले तुरुन्तै फोहोर सफा गरेको पाइएको छ। फल स्वोरुप, केहि दिन आगाडी यस्तो फोहोर भन्दै भिडियो पोस्ट गरेकी आशिकाले अहिले त्यहि स्थान ‘आज सफा छ’ भन्दै तस्बिर सार्वजनिक गरेकी छिन्।
सामाजिक सञ्जालका केहि नराम्रा पक्ष त छदै छन्, तर आशिकाको पहलले भने समाजमा केहि सकारात्मक प्रभाव पारेको देखिन्छ। आशिका तामाङको यो शैली हजुरहरुलाई कस्तो लाग्छ ?