काठमाडौं । AI मोडल हामी मानव जातिहरु भन्दा बढि Emotional हुन्छन्, भन्ने कुरा सुन्दा कोहिलाई पत्याउन गाह्रो पर्न सक्छ । तर, हालै मात्र भएको एक अध्ययनले भने यो दाबी लाई प्रमाणित गरिदिने नतिजा सार्वजनिक गरेको छ । University of Geneva र University of Bern का अनुसन्धानकर्ताहरूले ६ वटा प्रमुख जेनेरेटिभ एआई (Generative AI) मोडेलहरू माथि गरेको एक अध्ययनले यस किसिमको दाबी सार्वजनिक गरेको हो । मानिसहरुको भावना पहिचान, सहानुभूति, र सामाजिक सन्दर्भको बुझाइ (emotion recognition, empathy, and contextual social understanding) मापन गर्ने परिक्षण विधी (EQ) च्याट जिपिटी सहितका अन्य ५ मोडलहरुमा परिक्षण गर्दा यि AI मोडलहरुले उपयुक्त सामाजिक प्रतिक्रिया उत्पादन गर्न सक्ने, र विवाद वा ट्रिगरिङ प्रसङ्गमा पनि सन्तुलित व्यवहार प्रदर्शन गर्न सक्ने क्षमता देखाएको जनाइएको छ । सोही परिक्षण मानवमा गर्दा मानवले औसत ५६ प्रतिशत प्राप्त गरेकोमा एआई मोडलले भने औसत ८२ प्रतिशत प्राप्त गरेको अध्ययनमा उल्लेख छ । अध्ययनमा ChatGPT-o1, ChatGpT-4 ,Gemini 1.5, Flash,Copilot 365,Claude 3.5 Haiku, DeepSeek एआइ मोडलहरु समावेश थिए । यो अध्ययनको नतिजाले अब एआई मोडलहरु मानिस भन्दा पनि बढि भावनात्मक रुपमा चतुर भए भने एआइको विश्वसनियतामा भने प्रश्न उठ्ने देखिएको जानकारवालहरुले टिप्पणी गरेका छन् ।
गणितको ओलम्पियाड जितेको गुगल र ओपन एआईको दाबी
काठमाडौं – गुगल र ओपनएआईका एआई मोडेलले विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (IMO) मा ऐतिहासिक सफलता प्राप्त गरेको दाबी गरेका...