Techma Kura
मङ्गलवार, सेप्टेम्बर 2, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

टेकमाकुरा by टेकमाकुरा
सेप्टेम्बर 1, 2025
0
Bumble app AI
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। डेटिङ एप्सले विश्वभरको सामाजिक जीवनलाई परिवर्तन गरेको छ। तर अब यसलाई अझै अनौठो दिशामा लैजाने नँया अवधारणा- ‘AI- powered Personas’ चर्चामा आएको छ।

Bumble की संस्थापक व्हिटनी वुल्फ हर्डले गत बिहीबार सान फ्रान्सिस्कोमा भएको ब्लूमबर्ग टेक सम्मिटमा बताए अनुसार, उनको कम्पनीले महिलाहरूलाई सम्बन्ध खोज्न AI कसरी प्रयोग गर्न सकिन्छ भनेर विचार गरिरहेको छ। उनको अनुसार, भविष्यमा प्रयोगकर्ताले आफैं हजारौं मानिससँग कुरा गर्नु पर्दैन। बरु, प्रयोगकर्ताको व्यक्तिगत AI जनले अन्य AI जनसँग संवाद गर्दै सबैभन्दा उपयुक्त साथी छान्नेछ। यसरी मानिसले प्रत्यक्ष सन्देश वा प्रोफाइल पढ्ने काम घटेर, AI ले छनोट गर्ने प्रणाली बढ्ने अनुमान गरिएको छ। सम्मिटमा उनले भविष्य कल्पना गर्दै बताएकी थिइन् , “ एउटा यस्तो संसार छ जहाँ तपाईको dating concierge अर्को dating concierge सँग डेट जान्छ र तपाईलाई ६०० व्यक्तिसँग कुरा गरीराखनु पर्दैन।

तर, यस अवधारणाले मिश्रित प्रतिक्रिया पाएको छ। केहीले यसलाई “डेटिङमा समय र ऊर्जा बचाउने स्मार्ट उपाय” भनेका छन्, भने धेरै प्रयोगकर्ताले यसलाई “अस्वभाविक र असहज” ठानेका छन्। सामाजिक सञ्जालमा कतिपयले यसलाई Black Mirror शैलीको भविष्य भन्दै मानव सम्बन्धलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

यद्यपि, फर्जी प्रोफाइल, ठगी र घट्दो लोकप्रियताका कारण Bumble लगायतका डेटिङ एप्सले अहिले समस्या भोगिरहेको पाइन्छ। यस अवस्थामा AI ले नयाँ विकल्प दिन सक्ने आशा गरिएको छ। Bumble की पूर्व CEO लिडियाने जोन्सका अनुसार, AI ले “कम तर गुणस्तरीय मिलन” सम्भव बनाउनेछ। उनका अनुसार, AI ले प्रयोगकर्ताको व्यवहार, आवाजको टोन, जीवनको परिस्थिति जस्ता संकेतहरू अध्ययन गरेर अझ अर्थपूर्ण सम्बन्ध खोज्न मद्दत गर्न सक्छ।

नेपालमा भने डेटिङ एप्स अझै पनि त्यति लोकप्रिय नभएको पाउन सकिन्छ। अपहरण र ठगी जस्ता अपराधका कुरामा संवेदनशील हुने भएकाले नेपाली प्रयोगकर्तामाझ डेटिङ एप्स लोकप्रिय नभएको हो कि भनेर आकलन गर्न सकिन्छ। यस्तो आवस्थामा, AI Personas नेपालमा लोकप्रिय हुने सम्भावना आसध्यै कम देखिन्छ। 

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 1, 2025
Alpha School
एआइ

कस्तो छ अमेरिकाको अल्फा स्कूल, जहाँ शिक्षकले हैन AI ले पढाउँछ !

अगस्ट 29, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura