काठमाडौं । विश्व प्रख्यात कम्पनी अमेजनले आफ्नो वेयर हाउसमा काम गर्ने रोबोटको संख्या १० लाख पुगेको घोषणा गरेको छ । विगत १३ वर्ष देखि वेयर हाउसमा रोबोटहरु तैनाथ गर्दै आएको अमेजनले हालै मात्र जेनेरेटिभ एआइ मोडलमा आधारित रोबोट आफ्नो जापान स्थित कार्यलयमा तैनाथ गरेसँगै रोबोटहरुको संख्या १० लाख पुगेको कम्पनी ले जनाएको छ । यस सँगै अमेजनका ७५% विश्वव्यापी डेलिभरीहरू अब कुनै न कुनै रूपमा रोबोटहरुको सहयोगमा आधारित हुने जनाइएको छ ।