काठमाडौं । पएप्पलले answer engine निर्माण गर्न एक नयाँ टीम गठन गरेको छ । ब्लूमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार, यो टीमले च्याटजीपीटी जस्तो एक एआई आधारित एप विकास गर्दैछ ।
‘आन्सरस्, नलेज, एण्ड इन्फर्मेसन’ नाम दिइएको यो टीमले वेबका विभिन्न स्रोतहरूबाट जानकारी लिएर सोधिएका प्रश्नहरूको उत्तर दिन सक्ने answer engineको निर्माणमा जुटेको छ । यो सेवा अलग एपको रूपमा हुनसक्छ वा सिरी, सफारी र अन्य एप्पल उत्पादनहरूमा खोज क्षमताका रूपमा समावेश हुन सक्छ ।
गुरम्यानका अनुसार, एप्पलले यस टीमका लागि नयाँ कर्मचारीहरूको खोजी गरिरहेको छ, जसमा विशेषगरी खोज एल्गोरिदम र इन्जिन विकासको अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ ।
एप्पलले सिरीमा च्याटजीपीटी त जोडिसकेको छ, तर त्यसलाई अझ उपयोगी र व्यक्तिग बनाउने नयाँ संस्करण/फिचरहरू update ल्याउने काम पुनःपुनः ढिला भइरहेको छ। साथै, गुगलविरुद्धको कानुनी विवादले गर्दा, एप्पलले गुगलसँगको सर्च सम्झौताबारे फेरि सोच्नु पर्ने हुन सक्छ।