काठमाडौं। भारतीय इलेक्ट्रिक भेइकल निर्माता कम्पनी Ather Energy ले आफ्नो स्कुटरका लागि नयाँ सफ्टवेयर संस्करण AtherStack 7 सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस अपडेटपछि स्कुटरले बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट (Voice-enabled pothole alert) पठाउन सक्छन्।
अन्तरास्ट्रिय सञ्चार मध्यमहरुका अनुसार, एथर कम्युनिटी डे २०२५ मा, एथरले आफ्नो नयाँ प्लेटफर्म, कन्सेपट स्कुटर, इम्प्रुभड हेलो हेल्मेट, एथर स्ट्याक र रिज्टा सम्बन्धी अपडेट जानकारीहरू सार्वजनिक गरेको हो। AtherStack 7 एथर एनर्जीको विद्युतीय स्कुटरहरूको अपरेटिङ सिस्टमको सातौं संस्करण हो, जसले चालकको सुरक्षा र सुविधा बढाउनका लागि नयाँ सुविधाहरू समावेश गरेको छ।
अन्तरास्ट्रिय मिडियाका अनुसार, Ather Stack 7 मार्फत अब चालकले खाल्डो हुने स्थानमा “Bumpy road alert, drive carefully” जस्ता भ्वाइस चेतावनी पाउनेछन्। साथै, नेभिगेसन प्रणालीले खाल्डो कम भएका रुटहरू सुझाउने छ, जसले यात्रालाई सहज र सुरक्षित बनाउँछ। स्कुटर दुर्घटना भएमा नयाँ सिस्टमले स्वचालित रूपमा लोकेसनको जानकारी तीन पूर्वनिर्धारित आपतकालीन सम्पर्क (Emergency Contact) मा पठाउने सुविधा पनि समावेश गरिएको छ। त्यस्तै, टो (पार्किङ निषेधि) गरिने क्षेत्रहरूमा पार्क गर्दा चालकलाई चेतावनी दिइने व्यवस्था पनि गरिएको छ जसले राइडरलाई जरिवाना तिर्नबाट बचाउने आशा गरिएको छ। त्यसैगरी, LockSafe सुविधा मार्फत मालिकले स्कुटरलाई टाढाबाट (रिमोटबाट) लक गर्न सक्ने र आवश्यक परे फिजिकल की प्रयोग गरेर खोल्न पनि सक्ने सुविधा रहेको बताइएको छ। चार्जिङलाई पनि अब मोबाइल एपमार्फत रिमोट रूपमा रोक्न सकिने सुविधा उपलब्ध भएको छ। मनोरञ्जनका लागि, प्रयोगकर्ताले स्कुटरको डिस्प्ले / ड्यासबोर्डमा लाइभ क्रिकेट स्कोर पनि हेर्न सक्ने बताइएको छ।
एथर एनर्जीका अनुसार AtherStack 7 ले स्कुटरको कनेक्टिभिटी, सुरक्षा र मनोरञ्जन सबै पक्षमा सुधार ल्याउने लक्ष्य राखेको छ।