Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

विजेतालाई कार दिन नसके पछि बिशाल भण्डारीले फेसबुक मार्फत गुहारे प्रधानमन्त्री !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 21, 2025
0
विजेतालाई कार दिन नसके पछि बिशाल भण्डारीले फेसबुक मार्फत गुहारे प्रधानमन्त्री !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । चर्चित रियालिटी शो कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारी फेसबुक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग  सहयोगको अपिल गरेका छन्  । साझेदारले धोका दिएपछि आफू मुद्दा-मामिलामा फँसिरहेको,आर्थिक नोक्सानी ब्योहर्न परेको  तथा सिजन ३ को विजेतालाई कार पुरस्कार दिन  समेत नसकिएको लगायतको गुनासो राख्दै भण्डारी ले प्रधानमन्त्री सँग सहयोगको अपिल गरेका हुन् । सामाजिक   संजाल फेसबुक  स्ट्याटस मार्फत उनले गरेको दाबी अनुसार करिब १८/१९ महिनाअघि आफूलाई एनआरएन दावी गर्ने एक व्यक्तिले ३.५ करोड लगानीमा ३०% सेयर लिने गरे कम्पनीमा प्रवेश गरेका थिए । 

उनीसँग भएको करारमा २४ महिना लगानी ननिकाल्ने स्पष्ट उल्लेख गरिएको थियो । कमेडी च्याम्पियन सिजन ३ चलाउन आवश्यक परेको १.५ करोड तत्काल दिने र पछि मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड पुर्याउने ‘भद्र सहमति’   समेत  भएको भण्डारी ले जनाएका छन्, । उक्त सहमती पस्चात उनीहरू दुईजना कम्पनीको सञ्चालक र बाँकी दुई शेयरधनी साधारण सदस्य रहने गरी सम्झौता भएको थियो । आर्थिक कारोबारका चेकहरुमा भने भण्डारीको एकल हस्ताक्षर हुने प्रावधान बनाइएको थियो ।

 कमेडी च्याम्पियन  सिजन ३ सकिना साथ साझेदारले भण्डारी सँग  पैसा कहिले आउछ म निस्किन्छु भन्ने बहाना बनाएर संम्झौता विपरित उनलाई पैसाको लागी यातना(टोर्चर) दिन सुरु गरेर   अनुमानित मुनाफा जोडेर आफूसँग ती साझेदारले ५० लाखको दुईवटा, २५ लाखको एउटा र ३० लाखको तीनवटा गरेर २ करोड १५ लाखको सेक्युरिटी चेक लिएको भण्डारीको दाबी रहेको छ । चेकमा लेखेको पैसा नआएपछि साझेदारले बैंकिङ कसुरमा मुद्दा दायर गरी   आफूलाई मुद्दाको दबाबमा राखेर २ करोड ४० लाख रूपैयाँ असुलिएको भण्डारीले बताएका छन् । यसमा भएको बैंकिङ करोबारको सबै प्रमाण आफूसँग रहेको उनको भनाइ छ ।

यति मात्र नभई कम्पनीका बाँकी शेयर धनीले पनि आफूलाई विभिन्न मुद्दा हालेर हिसाब मागेको भण्डारीले जनाएका छन्, । उनकाअनुसार २.४ करोड अपचलन लगायतको मुद्दा जिल्ला अदालत काठमाडौ र उच्च अदालत पाटनमा चलिरहेको छ भने चेकबापत दाबी गरेको रकम लगेर पनि मिलापत्र गर्न नआएको भन्दै उनले पनि साझेदारविरुद्ध आपराधिक लाभको मुद्दा दायर गरेका छन्, ।”‘जति गरेपनि उसले लगेको पैसा फिर्ता नगर्ने र जबरजस्ति पेलेरै जाने नियत देखाएपछि मैले बाँकी शेयर धनीलाई सहमत गराएर उसले लगेको २.४ करोडमध्ये बढी गएको ९० लाखको नेपाल सरकारको कम्पनी ऐन अन्तर्गत हुन आउने कर तिरायर मिलापत्र गर्ने सल्लाह भयो,’ भण्डारी भन्छन्, ‘तर अझै पनि मिलापत्र गर्न नआउने, कहिले कार्यक्रम रोक्न मुद्दा हाल्ने, कहिले कम्पनीको खाता रोक्न मुद्दा हाल्ने धम्काउने लगायतको काम गर्ने गरेर कम्पनिको कार्यसम्पादनमा निरन्तर रुकावट गर्ने काम भइरहेको छ । उनले लेखेका छन्, । उनी अघि थप्छन्, “यस अघि बिजेतालाई महिनादिन नबित्दै  गाडि उपहार दिने ईतिहास थियो हाम्रो, तर यो पटक सिजन ३ को बिजेता कलाकार भाईलाई घोषित पुरस्कार दिन सकिएको छैन ।कतिमय विभागको वेतन पनी वाकी नै छ । समयमा पैसा दिन ठुलै कसरत गर्दापनी नसकिने अवस्थामा उस्ले पुर्यायर छोडेको छ। २ लाख बाट संघर्ष गरेर सुरु भएर बनेको कंपनीको खाताबाट २ .४ करोड अचानक जादा समस्या आउनेनै भयो ।”  

यो मुद्दालाई सरकार र न्यायालयले गम्भीरताका साथ हेर्न जरुरी रहेको भण्डारीले उल्लेख गरेका छन् । यदि कार्यक्रम बन्द भएमा ११० जनाको रोजगारी गुम्ने भन्दै उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Facebook
सोसल मिडिया

के फेसबुकले नेपाललाई साच्चिकै हेपेको हो त ?

सेप्टेम्बर 4, 2025
aashika tamang
सोसल मिडिया

आशिका तामाङको भिडियोले स्थानीय निकाय एक्सनमा : सफा हुन थाले जनकपूरका सडक 

सेप्टेम्बर 3, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura