Techma Kura
मङ्गलवार, सेप्टेम्बर 9, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

ब्लुटुथबाटै सञ्चार गर्न सकिने ‘बिटच्याट’ एप अब एप स्टोरमा उपलब्ध

टेकमाकुरा by टेकमाकुरा
जुलाई 29, 2025
0
ब्लुटुथबाटै सञ्चार गर्न सकिने ‘बिटच्याट’ एप अब एप स्टोरमा उपलब्ध
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । ट्वीटरका सह-संस्थापक तथा ब्लक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले यसै  महिनाको सुरुवातमा सार्वजनिक गरेको पियर-टु-पियर र ब्लुटुथ प्रविधिमा आधारित मेसेजिङ एप ‘बिटच्याट’ अब सर्वसाधारणका लागि उपलब्ध गराइएको छ । एपलको एपस्टोरमार्फत यो एप आईफोन, म्याक, आईप्याड र एप्पल भिजन प्रोमा सजिलै डाउनलोड गरी प्रयोग गर्न सकिनेछ ।

डोर्सीले आर्थिक सहयोग गरेको ओपन-सोर्स डेभलपमेन्ट समूह ‘एन्ड अदर स्टफ’ अन्तर्गत विकास गरिएको बिटच्याट एपले प्रयोगकर्तालाई फोन नम्बर, इमेल ठेगाना, र इन्टरनेट बिना नै ब्लुटुथमार्फत् नजिकै रहेका व्यक्तिहरूसँग सञ्चार गर्न सुविधा दिन्छ । 

यस एपमा पठाइएका सन्देशहरू पूर्ण रूपमा इन्क्रिप्ट गरिएको जानकारी दिँदै, गोपनीयता समेत कायम राख्ने डोर्सीले बताएका छन्। साथै, ‘प्यानिक मोड’ नामक विशेष सुविधा समावेश गरिएको उनले बताएका छन्, जसले प्रयोगकर्तालाई तीन पटक ट्याप गर्दा सम्पूर्ण बिटच्याट डाटा तुरुन्तै मेटाउन सक्ने सुविधा प्रदान गर्दछ ।यसले व्यक्तिगत तथा साना समूहहरूको लागि उपयुक्त सञ्चार माध्यम बन्ने विश्वास लिएको छ।

ज्याक डोर्सीले ब्लुटुथ मेस नेटवर्क, रिले तथा स्टोर एन्ड फर्वार्ड मोडल, मेसेज इन्क्रिप्सन प्रविधि र अन्य नविनतम प्रविधिहरू परीक्षणका लागि बिटच्याट विकास गरेको बताएका छन् । 

यस प्रकारका ब्लुटुथ आधारित मेसेजिङ एपहरू विगत एक दशकदेखि उपलब्ध भए पनि डेटा वा वाई-फाई नचल्दा सञ्चार गर्न चाहनेहरूका लागि बिटच्याट उपयोगी विकल्प हुने अपेक्षा गरिएको छ ।

सन् २०२१ मा ट्वीटरको सीईओ पदबाट राजीनामा दिएपछि ज्याक डोर्सी बिटकोइन र ओपन-सोर्स प्रविधिको विकासमा विशेष ध्यान दिँदै आएका छन्। ब्लक कम्पनीमार्फत उनी प्रविधिमा लगानी र नविन पाइला चालिरहेका छन्।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

damange in house
सोसल मिडिया

नेताहरुको निवास तिर लक्षित भए प्रदर्शनकारीहरु क-कसको घरमा भयो तोडफोड !

सेप्टेम्बर 9, 2025
बालेनले दिए केपी ओलीलाई आतंकवादिको संज्ञा
Featured Post

बालेनले दिए केपी ओलीलाई आतंकवादिको संज्ञा

सेप्टेम्बर 9, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

इन्टरनेट

प्रधानमन्त्री ओलीको निवास बालकोटमा आगजनी !

सेप्टेम्बर 9, 2025
GenZ आन्दोलन पछि उत्पन्न परिस्थिती पछि यसो भन्छन्, प्रधानमन्त्री केपी ओली
Featured Post

GenZ आन्दोलन पछि उत्पन्न परिस्थिती पछि यसो भन्छन्, प्रधानमन्त्री केपी ओली

सेप्टेम्बर 8, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura